नेपालको इतिहासमा माओवादी जनयुद्ध १० वर्ष सम्म चलेको सबै भन्दा ठूलो राजनितिक संघर्ष हो । जसमा झण्डै १७००० मानिसहरुको रगत बगेको छ । जनयुद्धको शुरुआत एकदमै स्पष्ट दृष्टिकोण सहित गरिएको थियो । जसमा जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने नै थियो । शान्ति प्रक्रियामा आइसके पछी प्रचण्ड – बाबुरामहरुले माओवादी आन्दोलन , घाइते , अपांग सहिदहरुलाई भुले । उनिहरु नाताबाद, कृपाबाद पैसा र बिदेशी इसारामा चल्न थाले । त्यत्रो संकल्प गरेको आन्दोलन माथी उनिहरुले हेर्दा हेर्दै धोका र गद्दारी गरे ।
वैज्ञानिक समाजवादी व्यवस्थाको बाटोलाई निषेध गरेर आज उनी दलाल संसदीय पुजीवादी व्यवस्था अगाल्न पुगेका छ्न् । त्यहीँबाट समाजवाद ल्याउन झुठो अफवाह र भ्रम फैलाफैलाउदै छ्न् र क्रान्ति सम्पन्न नहुदै हतियार बिसाउनु भनेको आत्मसमर्पण र गद्दारी गर्नु हो भन्ने प्रचण्ड- बाबुराम बिस्तारै बदलिदै गए त्यहीँ अनुरुप कार्यकर्ता र जनसेनालाई झुठो भ्रममा फसाउदै गए । अहिले आएर सम्पुर्ण कम्युनिस्ट आदर्श त्यागेर दलाल संसदीय व्यवस्था का रक्षा कवच बनेका छ्न् ।
लेखक – मदन चन्द 👇️
सहिदको सपनालाई पूरा गर्न महासचिव क. विप्लवकाे नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले एकृकित जनक्रान्तिकाे राकाे बाेकेर रक्षानमा फालिएको सहिदकाे रगतले लतपततिएकाे रक्तरंजित मुक्तिकाे लाल झण्डालाई उठाउदै धाेकेवाज गद्दारहरुकाे नेस्तानामुद गर्दै लक्ष्य पथमा पुराइ छाड्ने शंखघाेष भयाे । नाैजवान युवाहरु बिस्तारै बिस्तारै अाफ्ना व्यक्तिगत स्वार्थहरुकाे तिलाञ्जलि दिदै सुसंगठित हुने र संघर्षकाे महाअभियानमा तुफानी ज्वारभाट निर्माण गर्न मुक्ति र मृत्युकाे महान बाटाेमा सरिक हुन लाम लस्कर लाग्न थाले, जनतामा उत्साहकाे चमकहरु फर्कन थाले । सहिद तथा घाइते परिवारमा विस्वासकाे तरेलीहरु पलाउन थाले, र घाइते याेद्धाहरुमा अाफ्नाे बलिदानमा गाैरवकाे मनाेभावना जाग्न थाल्याे भने गद्धार र धाेकेवाजहरु सामाजिक पुजीवादी दलाल फाँसिस्ट संसदिय व्यवस्थाकाे रक्षाकाे लागि जनता र जनताकाे संघर्ष सुसंगठित र व्यवस्थित भएकाे देखेर अतालिन थाल्याे । तर अान्दाेलन झन मजबुद बन्दै थियाे त्यही अान्दाेलनलाई सफल बनाउने महासमरकाे यात्राकाे क्रममा हामी विद्यार्थी माेर्चाबाट अाफ्नाे भुमिका निर्वाह गर्दै थियाैं ।
मँ बाके जिल्लाको नेतृत्वमा र कमरेड प्रज्वल उपत्यका CTEVT जिल्लाको नेतृत्वमा हुनुन्थ्यो । हसिला र जाेसिला युवक प्रिय कमरेड प्रज्वल । मानवीय स्वभाव त्यस्मा पनि हामी मालेमावादी वर्गीय चेतनाले लैस नयाँ चेतना र संस्कृति निमार्णकाे यात्रामा यात्रारत सिपाही हामीमा वर्गीय नाता र मायाले नछुने कुरै थिएन, छैन र हुदैन पनि । त्यही दिन देखीकाे हाम्राे सम्बन्ध प्रगाढ बन्दै गयाे । त्यसपछि हामी अान्दाेलनका नयाँ नयाँ माेर्चा खाेल्ने क्रममा भेटघाटहरु हुने कुरा भइहाल्यो । ति भेटहरुमा हामीले हाम्राे अान्दाेलन व्यवस्थित र सफल बनाउन कसरी सकिन्छ थुप्रै प्रकारका अाअाफ्ना विचारहरु अादानप्रदान गर्थ्याै । कहिल्यै पनि अाफ्नाे अडान र सोचाइबाट कसैका अगाडि गल्दैन् थियाे,ढल्दैन थियाे निडरका साथ अाफ्नाे स्पस्ट साथ अाफ्नाे धारणा राख्थ्याैं । साँचै तिम्राे रुपजस्तै मन थियाे मन जस्तै नाम थियाे र थियाे नाम जस्तै विचार ।
०७५ फाल्गुन २८ गते सामाजिक दलाल फाँसिस्ट सरकारले हाम्रो पार्टी माथी प्रतिबन्ध लगायो । सामाजिक दलाल फाँसिवादी शासकहरु जनताकाे पार्टी र अान्दाेलनलाई क्षतविक्षत गर्न जनताकाे नेतृत्व र सेवक सिपाहीहरुलाई धरपकड, गिरफ्तार, हत्या तथा बेपत्ता बनाउने निकृष्ट बाटाे अपनाउन लाग्याे तर अान्दाेलन झन मजबुद बन्दै थियाे । त्यही अान्दाेलनलाई सफल बनाउने महासमरकाे यात्राकाे क्रममा हामी विद्यार्थी माेर्चाबाट अाफ्नाे भुमिका निर्वाह गर्दै थियाैं । २०७६ जेष्ठ १ गते विद्यार्थी दिबसको अबसरमा शान्तिबाटिकामा हजारौं विद्यार्थीको उपस्थितिमा प्रदर्सन सहित सभा भैरहेको थियो । कार्यक्रममा कमरेड प्रज्वल र म संगै थियौं,र कार्यक्रामको अन्त्य तिर मलाई र मित्र प्रेम शाहीलाई प्रहरीले गिरफ्तार गर्यो,र मित्र प्रज्वल गिरफ्तारबाट जोगिनु भयो । हामीलाई दरबार मार्ग बृत्तमा राखिएको थियो । प्रज्वल संग हिरासतबाट टेलिफोनमा संम्बाद हुन्थ्यो । जेष्ठ १३ क. तिर्थ कुमार राईको हत्या विरुद्ध हाम्रो पार्टीले नेपाल बन्द गरेको छ । भनेर जेष्ठ १२ गते करिब १२ बजे मित्र प्रज्वलले भन्नुहुन्थ्यो । मैले राम्रो संग बन्दलाई सफल पार्नु भने । साँझको करिब ७ बजे एकजना प्रहरी हामी कहाँ आयो, तपाईंलाई थाहा भयो ? मैले र प्रेम जिले के भनेर प्रश्न गरौं । तपाईंको पार्टीका कार्यकार्ता ४ जना बम बिस्फोट भएर मृत्यु भएको छ, र एकजना विद्यार्थी प्रज्वल शाही अर्को महान भन्ने हो भन्यो प्रहरीले । म र प्रेम जि सपना जस्तो लाग्न थाल्यो । निशब्द, स्तब्ध, भावविह्वल , बिबश र विक्षिप्त भयौं । मृत्युु संधै अप्रिय हुन्छ । कमरेड प्रज्वल गुमाउँदा असाध्यै पिडा भएको छ तर मन विचलित भएको छैन् । प्रज्वलको सहादतले अपुरणिय क्षति भएको छ । परिवारले असल छोरा, हामीले असल मित्र, पार्टी र संगठनले एक कुशल इमानदार योद्धा र देशले एक सपूत गुमाएको छ तर क्रान्तिले महान् सहिद जन्माएको छ । बलिदानीले विचलन, स्खलनलाई खबरदारी गरेको छ, त्याग समर्पणको भाव सिकाएको छ । क्रान्तिकारी दाबी गर्दैमा भइने कुरा होइन, त्याग, समर्पण र बलिदानी गरेर मात्र क्रान्तिकारी बन्न सकिन्छ भन्ने कुरा प्रज्वलले सावित गरिदिनु भएको छ । प्रज्वलसँगको सहकार्य त अब पाउने छैनौं तर उहाँको स्वर्णिम सपनासँग सहयात्रा गर्ने छौँ । प्रज्वलको मिलनसार स्वभाव, परिस्थितिको आँकलन क्षमता, क्रान्तिप्रतिको समर्पण, साहसी स्वभाव हाम्रो लागि शिक्षा हुनेछ ।
आज पनि त्यो दिन म सम्झन चाहन्न जुन दिन हामीले प्रज्वललाई गुमाएका थियौं, तर मेरो मानस्पटलमा त्यो दिन एउटा अप्रिय सपना बनेर दोहोरिरहन्छ ।प्रज्वललाई सम्झन्छु कमरेड प्रतिकाे हार्दिकता, क्रान्तिप्रतिको दृढ निष्ठा, संघर्षमा साहस सायदै व्यक्तिमा होला ।
क्रान्तिको मार्गमा पाइला राख्नु बित्तिकै शासकको कडा दमन, यातना र आतंक भोग्नुपर्छ । व्यक्तिगत जिन्दगी ध्वस्त हुनसक्छ, मृत्युवरण गर्नुपर्ने हुनसक्छ हामीलाई थाहा थियो । कमरेड प्रज्वल र हामी सचेततापुर्वक दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र मानवजातिको स्वर्णिम व्यवस्था वैज्ञानिक समाजवाद प्राप्त गर्ने सुन्दर सपनाद्वारा प्रेरित भएर चुनौतीको कठिन मार्ग स्वीकार गरेरै एकीकृत जनक्रान्तिको यात्रामा सहयात्री थियौं । क्रान्तिले बलिदानी माग्छ तर प्रीय मित्र प्रज्वल महान् बन्नुभयो । कयौं आशङ्काहरुलाई मिथ्या सावित गरिदिनुभयो र आफूलाई अब्बल सावित गर्नुभयो । क्रान्तिकारी बन्ने स्पर्धामा हामी सबै थियौं, प्रज्वल महान् बन्नुभयो ।त्याग समर्पण र बलिदानी महत्वपूर्ण हो भनेर सावित गरिदिनुभयो ।
विद्यार्थी आन्दोलनको गौरवमय इतिहासमा १९९७ मा गंगालाल श्रेष्ठको बलिदानले राजनीतिक अधिकारको संघर्षको धार निर्माण गरेको थियोे, २००८ मा चिनियाकाजी श्रेष्ठको बलिदानले राष्ट्रियताको संघर्षको धार निर्माण गरेको थियोे, त्यस्तै २०२९ मा कामेश्वर यादव र कुशेश्वर यादवको बलिदानले शैक्षिक आन्दोलनको धार निर्माण गरेको थियोे, १० वर्षे जनयुद्धमा सहिद बेनोज अधिकारी र वेपत्ता योद्धा पूर्ण पौडेलको बलिदानले राज्यसत्ताको आमूल परिवर्तनको संघर्षको धार निर्माण गर्यो र २०७६ मा प्रज्वल शाहीको बलिदानले दलाल एवम् निगम पुँजीवादी शिक्षाको विरुद्धको संघर्षको धार निर्माण गरेको छ । विद्यार्थी आन्दोलनको इतिहासमा मित्र प्रज्वल सुनौलो तारा बनेर चम्किरहनु हुनेछ, सुनौला अक्षरमा प्रज्वलको नाम दस्तावेजीकरण गरिनेछ । फुल, माला, अविर ,मौनधारण र स्मरण मात्र औपचारिकता हो, प्रज्वल लगायत हजारौं सहिदको साँचो अर्थमा सम्मान दृढतापुर्वक क्रान्तिको मार्गमा हिड्नुमा हुनेछ । क्षति अवस्य भएको छ, तर कमजोर हुने छुट हामी कसैलाई छैन । प्रज्वल हामीले गर्ने क्रान्तिको पहलमा जिवित हुनुहुनेछ र एकीकृत जनक्रान्तिमार्फत प्राप्त हुने वैज्ञानिक समाजवाद अमर हुनुहुनेछ । पद, प्रतिष्ठा, पैसाको लागि घात गर्ने छुट कसैलाई हुनेछैन् । पुरा गर्ने दायित्व अब हाम्रो काँधमा छ । श्रमजीवी वर्गको मुक्तिका लागि क्रान्ति बाहेक अर्को विकल्प छैन, तसर्थ क्रान्तिको मार्गमा निरन्तर लागिरहने सबैले प्रण गरौँ ! उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली कमरेड प्रज्वल
(लेखक – अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा काठमाडौं ललितपुर जिल्ला ईन्चार्ज)