राजनीति
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले सहिद कमरेड प्रज्वलकाे सपना मर्न नदिने बताउनुभएको छ । क्रान्तिकारी अान्दोलनका निम्ति महान् शहिदहरुकाे बाटोलाई गद्दार र अात्मसर्पणकारिहरुले धाेका दिए पनि अाँफुहरुले धाेका नदिएकै कारणले हामी जहिले पनि जनताहरुकाे र उत्पिडित विद्यार्थीहरुकाे सेवामा निरन्तर लागि रहेको बताउनुभएको छ ।
आज चितवन जिल्लाकाे आयाेजनामा सम्पन्न रक्तदान कार्यक्रममा बाेल्दै हाम्रा महान् शहिदहरु एकीकृत जनक्रान्तिकाे महान अभियानका क्रममा प्रज्वल सहित छ जना कमरेडहरु लगायत एघार जनाले कुर्वानि गरिसक्नु भएको छ, उहाँहरुकाे सपनाहरुलाई पुरा गर्न निरन्तर लाग्नुपर्नेमा जाेड दिनु भएको छ । अाज भन्दा दुई बर्ष अगाडि काठमाडौंकाे घट्टेकुलामा एकीकृत जनक्रान्तिकाे महान अभियानका क्रममा अान्तरिक दुर्घटनामा परि उहाँ सहित छ जना कमरेडहरुले सहादत प्राप्त गर्नु भएको स्मरण गर्दै हाम्रो गाैरवशालि संगठनले उहाँहरुकाे सपना पुरा गर्न प्रतिबद्धता पुर्ण रक्तदान कार्यक्रम अाज देशै भरि गरिरहेको बताउनुभयो साथै उहाँले उहाँहरुकाे सम्झनामा विभिन्न कार्यक्रम समेत घाेषणा गरिएको जानकारी दिनु भयो ।
आज विभिन्न जिल्लाहरुमा भएका कार्यक्रमहरुकाे समाचार हाम्रा सहकर्मीहरुले पठाउनु भएको छ, जुन निम्न अनुसार रहेको छ । साथमा फाेटाे फिचर सहित
चितवन,केशव भट्टराई
भरतपुर,कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले बुधबार भरतपुरको सप्तगण्डकि क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ ।
संगठनका तत्कालिन केन्द्रीय सदस्य प्रज्वल शाहीको आजकै दिन २०७६ जेठ १२ गते सहादत भएको थियो ।
उनी लगायत महान सहिदहरुको सम्मान र सम्झनामा आयोजित रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन गरिएको छ ।
रक्तदान कार्यक्रममा प्रमुख अथिति नेकपाका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज क.संदेश पौडेल , अथितिहरु संगठनका केन्द्रिय उपाध्यक्ष क.रुद्र भट्टराई
चितवन जिल्ला सेक्रेटरी क.मीन प्रसाद सापकोटा , अन्तर्राष्ट्रिय बिभाग सदस्य क.नारायण न्यौपाने , संगठनका केन्द्रिय सदस्य द्वय क.अटल शर्मा क.प्रभात भट्टराई , सप्तगण्डकि क्याम्पसका साहायक क्याम्पस प्रमुख नारायण न्यौपाने लगायत थुप्रै विद्यार्थी नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।
कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने सम्भावना बढेको कारण देशमा रगतको अभाव हुन नदिन अखिल (क्रान्तिकारी)केन्द्रिय समितीको निर्णयअनुसार अखिल (क्रान्तिकारी )ले देशभर रक्तदान गरिरहेको छ त्यसैअनुसार आज चितवनमा पनि रक्तदान गरेको हो ।
रक्तदान कार्यक्रम मा बोल्दै अखिल (क्रान्तिकारी)का उपाध्यक्ष क.रुद्र भट्टराईले अखिल(क्रान्तिकारी जनताको हरेक समस्यामा सहभागी हुँदै आयको बताय उनले आगामी दिनमा पनि जनताको बिचमा नै रहेर अघि बढ्ने प्रतिबद्धता पनि गरे ।
रक्तदान कार्यक्रमका अध्यक्ष अखिल(क्रान्तिकारी)का चितवन जिल्ला संयोजक रेम्बोर्जे लामाले
सक्रियताका साथ सहभागी भै रक्तदान गर्नु हुने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै निरन्तर साथ,सहयोग एवम सहकार्यको लागि अपिल गरेका गरेका थिए ।
साथै उनले रक्तदानको लागि फलफुल सहयोग गर्ने महानगर थोक तरकारी तथा फलफुल समितिका संचालक निर्देशक थिर प्रसाद धिताल, फलफुल व्यवसायी हरु देवराज लुइटेल ,बिन्दा अर्याल ,दोलराज पन्त ,पानी सहयोग गर्ने ताज पानी उद्योग ,जुस सहयोग गर्ने दिपक ढकाल र अण्डा सहयोग गर्ने रुपक काफ्ले लगायतलाइ धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिय ।
चितवन तस्बिरहरू


















रुपन्देही,प्रदिप राहादि
बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति, रूपन्देहीले बुधबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । विद्यार्थी नेता प्रज्वल शाही लगायत एकिकृत जनक्रान्तिका महान सहिदहरूको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको संगठनकी रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगरले बताए । उनले आगामी दिनमा पनि जनताको बीचमै रहेर अगाडी बढ्ने बताए । संगठनका तत्कालिन केन्द्रीय सदस्य प्रज्वल शाहीको आजकै दिन २०७६ जेठ १२ गते सहादत भएको थियो । रक्तदान कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास, अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विक,संगठनकी रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगर, संगठनकी जिल्ला अध्यक्ष इन्दु ओली, जिल्ला उपाध्यक्ष पारस राहादी मगर लगायत थुप्रै विद्यार्थी नेता–कार्यकर्ताको सहभागिता रहेको थियो । कोरोना महामारीको कठिन परिस्थितिका बिच आयोजना गरिएको रक्तदान कार्यक्रमको उच्च प्रशंसा गर्दै ब्लड बैंक, बुटवलले आगामी सिर्जनात्मक तथा रचानात्मक कार्यक्रमको लागि शुभकामना सहित संगठनप्रति धन्यवाद व्यक्त गरेको थियो । उक्त रक्तदान कार्यक्रमलाई निरन्तरता दिने र जो कसैलाई पनि रगतको आवश्यकता परे संगठनका जिम्मेवार व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने समेत संगठनले बताएको छ । संगठनले ‘कोभिड–१९ विरुद्धको विद्यार्थी अभियान’ अन्तर्गत निरन्तर जिल्लाव्यापी रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ ।रुपन्देही तस्बिरहरू 








नवलपुर,प्रदिप पाठक
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नवलपुरले जिल्लाको कावासोती स्थित रेडक्रस भवनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
केपि ओली सरकारले लगाएको प्रतिबन्ध बिरुद्धको संघर्षमा सहादत प्राप्त गर्ने विद्यार्थी नेता प्रज्वल शाही लगायतको स्मृति दिवसको अवसरमा उक्त संगठनले आज देशव्यापी कार्यक्रम गर्दै छ । लुम्बिनी ब्युरो स्तरीय कार्यक्रम अन्तर्गत कोभिड -१९ को बिषम परिस्थितिमा देशव्यापी रुपमा सिर्जना भएको रगतको अभावलाई पूर्ति गर्न कार्यक्रम गरिएको उक्त संगठनले जनाएको छ । साथै कतिपय जिल्लाहरूमा दीप प्रज्वलन कार्यक्रम पनि आयोजना गरिएको छ।
कोभिड -१९ का बिरुद्ध बिद्यार्थी अभियान अन्तर्गत पनि उक्त संगठनले स्वास्थ्य सचेतनामुलक ब्यानर टाँस्ने, सामाजिक संजालमा प्रचारप्रसार गर्ने, माक्स र सेनिटाइजर बितरण गर्ने लगायतका कार्यक्रम गरिसकिएको र अवस्था हेरेर थप कार्यक्रममा जोड दिने अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष श्रीराम बस्याल “स्वरुप”ले बताए ।
रक्तदान कार्यक्रममा युवा संगठन नेपाल, नवलपुरका अध्यक्ष अविनास, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष श्रीराम बस्याल “स्वरुप”, उक्त संगठनका विद्यार्थी पदाधिकारी तथा नेता कार्यकर्ताको उपस्थिति रहेको बुझिएको छ।
नवलपुर तस्बिरहरू 



कृष्णा भट्टराई ,कपिलबस्तु
ताैलिहव,सहिद प्रज्वल शाही लगायत सम्पुर्ण सहिदहरुको स्मरणमा नेपाल रेडक्रस सोसाइटीको शाखा तौलिहवा,कपिलवस्तुमा अखिल (क्रान्तिकारी) कपिलवस्तुले रक्तदान गरेको छ ।
कमरेड शहिद प्रज्वलले देखाएर जानु भएको बाटोमा अाँफु निरन्तर लाग्दै जनसेवा मुलक वर्तमान कामहरु माक्स,सेनिटाइजर बितरण,राहत प्याकेज बितरण ,राज्यलाई covid-19 पिडितको उपचार निशुल्क गर्न स्थानिय तहमा दबाव मुलक कार्यक्रम,अक्सिजन व्यवस्थापन,अनलाइन कलासको बिषय अनुगमन गर्ने कार्य मार्फत सहिद जागरण अभियानमा निरन्तर लागिरहेको अखिल ( क्रान्तिकारी ) कपिलवस्तुका अध्यक्ष बिज्ञान क्षेत्रीले बताउनु भयो ।
साथै स्वास्थ संकटको बेला रक्तदान गरि मानविय सेवा प्रदान र रोग बिरुद्ध लड्न सचेतना मुलक कार्यक्रम मार्फत निरन्तर अपिल समेत गरिरहेकाे बताउनु भयो साथै उहाँले हामी सबै एक भएर लड्दा covid-19 कत्ति असर नपर्ने र दैनिक हुने मृत्युदर घट्ने जिल्ला अध्यक्ष बिस्नु बहादुर राउत “बिज्ञान”ले बताउनु भयो ।
आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले देशै भरि प्रतिबद्धता पुर्ण रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कपिलवस्तु तस्बिरहरू 





