राजनीति
बैज्ञानिक समाजवादी पार्टी निकटको बैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले कोरोना महामारीमा र निषेधाज्ञाको बेलामा मजदुर बर्गमा पर्न गएको मारलाइ मध्य नजर गर्दै राहत बितरण गरेको छ ।
मजदुरहरुलाइ कोरोनाकालिन संकटले तहनहस पारेको भन्दै मजदुरको दुखमा सहयोगी बन्ने उद्देश्यले देशभर यो अभियान संचालन गरेको मसासंघका केन्द्रिय संयोजन डीबी सर्वश्रेष्ठले जानकारी दिएकाछन ।
ललितपुरको ठैब,हरिसिद्धिमा टिका घिमिरेको नेतृत्वमा सुनसरी जिल्ला इटरीखनार झापामा मेचिनगर दमक बिर्तामोड काठमाडौंमा बागबजार,चावहिल,नयाँ बसपार्क लगाएतका स्थानमा राहत बितरण गरिसकेको र अब बारा पर्साको लागि तयारी भएको सर्वश्रेष्ठले बताएकाछन ।

यसै बिचमा बैज्ञानिक समाजवादी ट्रेडयुनियन महासघले डिजिटल माध्यम मार्फत अंतरकृया सम्पन्न गरेको छ । गणतन्त्र दिवसको अवसरमा महासघले ‘पुँजीवादले निम्त्याएको संकट र मजदुर वर्गिय सत्ता’ विषयक अन्तर्क्रिया गरेको हो ।










