राजनीति
नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ अहिलेसम्म जेलमै छन् । ओली सरकारले बन्दीहरु रिहाई गर्ने सहमति गरे पनि सुदर्शन अहिलेसम्म रिहा हुन नसकेपछि उनका तर्फबाट अम्बिका चन्दले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् ।
माओवादी नेता सुदर्शनको रिहाइको माग गर्दै शुक्रबार दायर भएको रिटमाथि सर्वोच्च अदालतले आज सुनुवाई गर्दैछ ।
ललितपुरस्थित एनसेलको टावरमा विस्फोट गराएको आ’रोपमा पक्रा’उ परेका नेता सुदर्शनलाई रिहा नगरेको भन्दै विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोलाले शनिबार १४ वटा दलसँग मिलेर संयुक्त वक्तव्यसमेत जारी गरेका छन् ।
सुदर्शनको पक्षमा परेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको छ । यो रिटमाथिको सुनुवाई भिडियो कन्फरेन्सिङका माध्यमबाट हुने सर्वोच्च अदालतले जनाएको छ ।