राजनीति
सत्ता निकटस्थहरुले माओवादी छाडी एमाले प्रवेश गरेर सूर्य चिन्हबाट चुनाव लडेका पुरानै उम्मेदवार चन्द्रबहादुर खड्काले जित्ने निश्चित रहेको बताएतापनि राष्ट्रियसभामा लुम्बिनीबाट विपक्षी गठबन्धनका दुर्गनारायण पाण्डेय भर्खरै बिजयी भएका छन् ।
उनले सर्वोच्च अदालतको आदेशानुसार पद जोगिएका जसपा सम्बध्द चार साँसदको समेत मतभार थपिदा पनि सत्तारुढ उम्मेदवारलाई ५२८ मतभारले हराएका हुन् ।
प्रदेश तर्फ उनलाई २०१६ र स्थानीयबाट २१२४ गरी ४१४० र खड्काको सूर्य चिन्हमा १९२०+१६९२ गरी कूल ३६१२ मत प्राप्त भएको छ ।
यसपटकको चुनावमा बाग्मती (जेठ ६) देखि नै कमल थापाले सत्तारूढ दल एमालेको पक्षमा मत हाल्न उर्दी जारी गरेका थिए ।
तर,न उनको निर्देशन धादिङको रुबी भ्याली गाउँपालिकाका प्रमुख र उपप्रमुखले टेरे न त नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल समशेरले नै पालना गरे ।
अन्तत: दुबै ठाउँमा राप्रपाका तीनमध्ये एक अध्यक्षको प्रधानमन्त्री केपी ओलीसितको सामिप्यले काम गरेको देखिएन ।