राजनीति
सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न तयार भएका छन् ।
शाक्यले छलफलमा प्रधानन्यायाधीश तयार भएको बताएका छन् । आज बस्ने भनिएको इजलास अहिलेसम्म बस्न सकेको छैन ।
वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित वरिष्ठताका आधारमा दीपकुमार कार्की, त्यसपछि रहेका हरिकृष्ण कार्कीले यसअघि नै संवैधानिक इजलासमा बस्न इन्कार गरेपछि उनी पछि वरियताका आधारमा मिरा खड्का रहनेछन् ।
मिरा खड्काभन्दा अघि रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अस्वस्थ रहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
त्यसपछि ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई सहभागी रहेको इजलास गठन हुन सक्ने सर्वोच्च स्रोतले जानकारी दिएको छ ।