logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बालुवाटारमा केपी र भिमबिच तीन घन्टा गाेप्य भेट


  • राजनीति
  • मंगलबार, जेष्ठ १८ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधर नेताहरुसँग छलफललाई तिव्रता दिएका छन् । हालै उनले माधव नेपालनिकट नेता भीम आचार्यसँग करिब तीन घण्टा छलफल गरेका छन् । बालुवाटार बोलाएर आचार्यसँग ओलीले पार्टी एकताको लागि भूमिका खेल्न आग्रह गरेको बुझिएको छ ।

नेता आचार्यले पनि आफूहरु एकताकै पक्षमा रहेकोले अन्तिम प्रयास जारी नै रहेको स्पष्ट पारेका छन् । हिजाे एक टेलिभिजन अन्तरवार्तामा नेता आचार्यले माधव नेपालले मात्रै चाहेर पार्टी नफुट्ने दाबी गरेका थिए । उनले आफूहरु पार्टी एकताकै पक्षमा रहेकोले सबै नेताबाट यसको लागि इमानदार प्रयास हुनुपर्ने धारणा राखेका थिए । उनले एकताको लागि सबैभन्दा बढि अध्यक्ष ओली नै जिम्मेवार रहेको र त्यहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष ओलीले आफू एकताकै पक्षमा रहेको बताएका थिए । तर, उनले माधव नेपालले भनेजस्तै फागुन २८ गतेको निर्णयबाट भने ब्याक नहुने आफ्नो अडान राखेका थिए । पार्टी धेरै अघि बढिसकेकोले अब पछि फर्कनु न्यायसंगत नहुने उनको भनाई थियो । माधव नेपालनिकट नेताहरुसँगको छलफललाई निरन्तरता दिएकै कारण ओलीले पार्टीको स्थायी कमिटी बैठकसमेत स्थगित् गर्दै आएका थिए । उनले यो दुई दिन एकताको लागि पहल गरेको बुझिएको छ ।

हुन त हिजो राति अवेरसम्म पनि ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच एकताको लागि गम्भिर वार्ता भएको थियो । वार्तामा ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए भने नेपाल पक्षबाट घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु थिए । उनीहरुले पार्टी एकताको लागि गम्भीर छलफल गरेपनि नेता नेपालले भनेझैं २०७५ जेठ २ गते फर्कन ओली तयार नभएपछि वार्ता सकारात्मक नभएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार