logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रकाण्ड गिरफ्तार भए पछि विप्लव द्धारा नेपाल बन्दको घोषणा, कार्यकर्तालाइ प्रतिरोध गर्न निर्देशन


  • राजनीति
  • बुधबार, साउन २३ २०७५

सरकारले नेकपाका प्रवक्ता एवम् स्थायी समिति सदस्य प्रकाण्डलाई मङ्गलबार बेलुका ७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट गिरफ्तार गरेको छ । उहाँका साथै हरिश्चन्द्र आचार्य र अर्का सहयोगीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । नेकपाले प्रवक्ता प्रकाण्डसहित तीनैजनाको गिरफ्तारीको भत्र्सना गर्दै प्रतिरोधात्मक सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेर यही साउन २९ गते मङ्गलबार नेपाल बन्द घोषणा गरेको छ ।

नेकपाका महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै दमनले प्रतिरोध जन्माउने र त्यसले दमनकारी शासकहरूको अन्त्य गर्ने पनि जनाउनुभएको छ । पार्टी प्रवक्ताको गिरफ्तारीपछि अविचलित रही आआफ्नो जिम्मेवारीमा डटिरहन महासचिव विप्लवले सबै नेता र कार्यकर्तालाइ निर्देशन दिएका छन ।

यस्तो प्रतिरोधात्मक कार्यक्रम सार्वजनिक गरेको छ ः
२०७५ साउन २५ गते देशव्यापी कोणसभा
२०७५ साउन २६ गते विरोधसभा
२०७५ साउन २७ गते भण्डाफोर
२०७५ साउन २८ गते मशालजुलुस
२०७५ साउन २९ गते नेपाल बन्द

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार