logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मुडभेटतिर एमाले, नेपाल समुहले बाेलायाे केन्द्रीय कमिटी बैठक


  • राजनीति
  • बुधबार, जेष्ठ १९ २०७८

नेकपा एमालेको खनाल नेपाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न बैठक बोलाएको खनाल नेपाल पक्षका नेता युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार कोभिड–१९ का कारण भर्चुअल रुपमा बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजेलाई तोकिएको छ ।

अध्यक्ष ओलीका कारण एमाले एकता टर्दै गएको निष्कर्षमा पुगेको सो समुहका नेता माधव नेपालले सोमबार यता विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग भर्चुअल छलफल गरेका थिए । ती छलफलमा आएका सुझावसहित नयाँ पार्टी गठनबारे केन्द्रीय समिति बैठकमा समेत छलफल गरिने नेताहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार