logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गठन भएको केही घन्टा नबित्दै संवैधानिक इजलासका न्यायाधीश बिरुद्ध मुद्दा, के गर्लान जबरा अब ?


  • राजनीति
  • शुक्रबार, जेष्ठ २१ २०७८

प्रतिनिधिसभाविरुद्ध १ सय ४६ सांसदहरुले दायर गरेको मुद्दा छिनोफानोका क्रममा ११ जना न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न माग गर्दै सवोच्च अदालतमा निवेदन पेस गरिएको छ।

संवैधानिक इजलासमा नराख्न भनिएका ११ न्यायाधीशमा दीपक कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुन्।

१ सय ४६ जना सांसदको मुद्दासँग कुनै न कुनै रुपमा स्वार्थ बाझिने भन्दै ती न्यायाधीशहरूलाई संवैधानिक इजलासमा खाख्न नहुने दाबीसहित अधिवक्ता राजाराम घिमिरेले आज (शुक्रबार) निवेदन पेस गरेका हुन्।

केपी ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित रिट हाल्ने अधिवक्ता पनि घिमिरे नै हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार