logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

नयाँ मन्त्रीकाे सपथ अहिले ८ बजे हुदै


  • राजनीति
  • शुक्रबार, जेष्ठ २१ २०७८

जनता समाजवादी पार्टीका असन्तुष्ट नेताहरु र एमालेका नयाँ मन्त्रीहरुको सपथ ग्रहण आज (शुक्रबार) राति ८ बजे हुने भएको छ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण राति ८ बजेका लागि तय भएको शीतलनिवास स्रोतले रातोपाटीलाई जानकारी दियो ।

आफैंले चुनाव घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेर गर्न लागेका हुन् । महन्थ ठाकुर पक्षका जसपाका ८ नेतालाई मन्त्री र दुईजनालाई राज्यमन्त्रीमा सपथ खुवाउने तयारी छ ।

त्यसैगरी एमालेका पहिलो लटमा मन्त्री बनेकाहरुलाई हटाएर नयाँलाई ल्याइने भएको छ । एमालेका चारजनालाई मात्रै बाँकी राखेर अरुलाई हटाइने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार