राजनीति
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले लामो जेल जीवन काटेर रिहा भएका नेकपाका केन्द्रिय सदस्य एब लोकप्रिय नेता माइला लामालाइ केन्द्रिय कार्यालयमा हार्दिक स्वागत अभिवाद गरेकाछन । नेकपाको केन्द्रिय कार्यालयले दिएको जानाकारी अनुसार जेठ २१ गते शुक्रवार शिवगढीमा स्वागत गरिएको हो ।
महासचिव विप्लवले माइला लामालाइ स्वागत गर्ने कार्यक्रममा केन्द्रिय कार्यलयका सचिव असल सहित अन्य सदस्यहरु समेतको उपस्थित रहेको थियो । नेता माइला लामा दुई वर्ष अगाडि उपत्यकाबाट गिरफ्तार भएका थिए । प्रहरीले उनलाई मुलुकका विभिन्न जिल्लाका जेल र हिरासतमा पुर्याएको थियो ।
जनवादी कलाकार समेत रहेका नेता माइला लामाको गिरफ्तारी सर्वत्र निन्दाको बिषय बनेको थियो । उनि गिरफ्तारीमा परे सगै मुलुक भित्र र मुलुक बाहीर [जहाँ नेपालीहरु रहेकाछन] बाट समेत सरकारको तिब्र आलोचना भएको थियो ।
नेकपाले सरकारसग ३ बुद्दे सहमति गरेपछी नेकपा केही नेता कार्यकर्ता रिहा भएता पनि नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लगाएतका दर्जनौं नेता कार्यकर्ता अझै जेलमा नै छन ।