logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओलीसंग नभेटेकाे नेता श्रेष्ठकाे भनाइ, गरे यस्तो अपिल


  • राजनीति
  • शनिबार, जेष्ठ २२ २०७८

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सत्ता सहकार्यको प्रस्ताव राखेकाे भन्ने समाचार निराधार भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबकमा स्टाटस लेख्दै नेता श्रेष्ठले उक्त समाचार आफू बिरुद्ध काे नियाेजित आक्रमण भएको दावी गरेका छन ।  निवर्तमान सहरीविकास राज्यमन्त्री रामवीर मानन्धरले माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीसँग भेटेर सरकारमा सहभागी हुनको लागि प्रस्ताव राखेका बताइएकाे थियोे । अहिले प्रधानमन्त्री ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच पानी बाराबारको सम्बन्ध छ ।दाहाल ओलीलाई प्रधानमन्त्रीबाट जसरी पनि विस्थापित गर्न लागिपरेका छन् । यसको लागि दाहालले कांग्रेस, नेकपा (एमाले) को माधव कुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चासँग मोर्चा कसेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनले सर्वोच्चमा रिट हालेका छन् । विपक्षी गठबन्धनबाट १४६ जना सांसद सशरिर अदालत उपस्थित् भएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरेका छन् । यस्तो अवस्थामा माओवादी केन्द्रका नेता श्रेष्ठले भने प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेर सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने प्रस्ताव राखेकाे भन्ने समाचार बाहिरिएका थिए ।
हेर्नुस् स्टाटस                                                    रिपोर्टेर्स नेपाल अनलाइनले मैले प्रम ओलीलाई बालुवाटारमा भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भनी प्रसारित गरेको समाचर शतप्रतिशत झुठ,कपोकल्पित र षडयन्त्रमुलक भएकोले त्यसको तीब्र भर्त्सना गर्दछु।
ओली नेतृत्वमा भैरहेको प्रतिगमन,निरङ्कुशता,राष्ट्रघात र कम्युनिष्टघात बिरुध्दको संघर्षलाई सफल पारौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार