राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै मन्त्रिपरिषद पूनर्गठन गरेका छन् । जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्रीसहित दश जनालाई सरकारमा सहभागी गराएका छन् । जसपाबाट राजेन्द्र महतोले सरकारको नेतृत्व गरेका छन् ।
महतोलाई उपप्रधान एवम् सहरीविकासमन्त्री बनाईएको छ। रोचक त के छ भने यसपटकको मन्त्रिपरिषद पूनर्गठनमा धनुषाबाट तीन जना मन्त्री बनेका छन् । एमालेबाट रघुवीर महासेठ उपप्रधान एवम् परराष्टमन्त्री बने भने जसपाबाट उमाशंकर अरगरिया पर्यटनमन्त्री बनेका छन् ।