logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

मध्यरात राष्ट्रपति र ओलीबिच भेट, माधवलाई प्रधानमन्त्री बनाउने तयारी


  • राजनीति
  • मंगलबार, जेष्ठ २५ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव गरेकी छन् ।राष्ट्रपति निवास शीतल निवासमा उनीहरूबीच डेढ घण्टा छलफल भएकाे स्रोतले जनाएको छ ।

स्राेतकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच ८ः२० बजेदेखि ९:५० बजेसम्म भेटवार्ता भएको थियो । भेटवार्ताको विषयबारे भने जानकारी दिइएको छैन ।

प्रधामन्त्री भेटवार्ता सकेर बालुवाटार फर्किएका छन् । आफुलाई भेट्न सितल निवास आएका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रपति भण्डारीले यस्तो प्रस्ताव राखेकी हुन् ।

एमाले एकता बचाएर लैजानुपर्नेमा राष्ट्रपतिको जोड रहेको दाबी गर्दै स्रोत भन्छ, ‘माधव नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।’

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच सोमबार राती भएको भेटमा यस्तो प्रस्ताव राखिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार