logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मोदीका सल्लाहकार र ज्ञानेन्द्र शाह बिच ४ घन्टा छलफल , के भयो सहमति


  • राजनीति
  • शुक्रबार, साउन २५ २०७५

पुर्व राजा ज्ञानेन्द्र शाह नातिनीलाई क्याम्पस भर्ना गर्ने बहानामा स–परिवार थाइल्याल्ड पुगेका छन ।  शाहले त्यहाँ राजनीतिक चलखेल सुरु गरेको स्रोतको दावी छ ।

नेपालको राजनीतिक व्यवस्था परिवर्तन गर्ने दाउमा उनले विदेशी खुफिया एजेन्सीका मानिसहरुलाई भेटेका हुन् । भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल ज्ञानेन्द्र भेट्न बैंकक पुगेका थिए । उनीहरुबीच गत शनिबार चार घण्टासम्म एक्लाएक्लै कुराकानी भएको स्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारका हरेक गतिविधिमा विरोध र असहयोगको नीति अख्तियार गरिरहेका बेला गणतन्त्र खारेज गरेर राजतन्त्र फर्काउने डिजाइनमा सक्रिय ज्ञानेन्द्रको छिमेकी प्रधानमन्त्रीका दूतसँगको गोप्य मन्त्रणालाई अर्थपूर्ण रुपमा हेरिएको छ । ज्ञानेन्द्रले पछिल्लो समय विभिन्न अवसर पारेर राजनीतिक वक्तव्यबाजी गर्दै आएका छन् ।

ती वक्तव्यमा उनले वर्तमान राजनीतिक प्रणाली र नेतृत्व असफल भएको, जनतामा चरम निराशा व्याप्त भएको भन्दै आफू विकल्प दिन सक्ने बताउने गरेका छन् । ज्ञानेन्द्र गत बिहीबार छोरा पारसबाहेक परिवारका सबै सदस्यका साथ बैंककमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार