logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओलीपक्षलाइ बाेल्नै नदिइ भट्टलाई बिस्वासकाे मत दिने निर्णय


  • राजनीति
  • मंगलबार, जेष्ठ २५ २०७८

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए ।

बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद पठान सिंह बोहोराले जानकारी दिए ।

तर बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए । तर बहुमत पक्षले फरक मत पनि राख्न नदिएको एक सांसदले बताए । २४ सदस्यीय संसदीय दलमका ओली पक्षका ७ जना छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार