राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । हाल सात वटा मन्त्रालय आफूसँगै राखेका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ । आज ४ बजे शपथ ग्रहण गर्न लाग्नुभएका सात मन्त्री र एक राज्यमन्त्रीलाई सपथ काे तयारी छ । विभागकै जिम्मा नपाए पनि यसपटक कर्णालीबाट समेत मन्त्री हुनेछ।
यी हुन आज सपथ लिने नयाँ मन्त्री
१. नारदमुनी राना, वनमन्त्री
२. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. खगराज अधिकारी, गृहमन्त्री
४. नैनकला थापा, संचारमन्त्री
५. ज्वालाकुमारी साह, कृषिमन्त्री
६. . राजकिशोर यादव, उद्योगमन्त्री
७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
८. आशा विक, वनराज्यमन्त्री