logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अग्नीको बैठकमा ओली गएनन्


  • राजनीति
  • शुक्रबार, जेष्ठ २८ २०७८

प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक तथा संवैधानिक संकट गहिरिएका बेला सरोकारवालाहरुसंगको परामर्शलाई तीब्रता दिनुभएका सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय वैठक बोलाउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव,पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, डा.बाबुराम भट्टराई र नेमकिपा नेता प्रेम सुवाल सहभागी छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्षका रुपमा आमन्त्रण गरिनुभएका केपी शर्मा ओली भने बैठकमा जानुभएको छैन । पूर्वप्रधानमन्त्री खनालले भर्चुअल माध्यमबाट सहभागिता जनाउनुभएको छ ।

प्रतिनिधिसभा विघटनपछि नियमित परामर्शमा रहनुभएका सभामुख सापकोटाले यसअघि कानुनविद र पूर्वसभामुखहरुसँग छलफल गर्नुभएको थियो । सभामुख सापकोटाले आवश्यक परे असाधारण निर्णय लिनसक्ने यसअघि नै बताउनुभएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार