logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

वैद्य बिरुद्ध ‘ज्यान मार्ने’ उद्योगमा मुद्दा चलाउन प्रधानमन्त्री कार्यालयकाे माग


  • राजनीति
  • शनिबार, जेष्ठ २९ २०७८

प्रधानमन्त्रीका सल्लाहकार तथा एमाले नेता बिष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति सामान्य आलोचनाकाे बिषय नभएको भन्दै ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन माग गरेका छन् ।

उनले लेखेका छन् ‘कांग्रेस सांसद नरोत्तम बैद्यलेले वागमती प्रदेशसभाको रोस्टममा उभिएर प्रधानमन्त्री केपी ओलीलाई मार्नका लागि अरुलाई पनि उक्साउँदै आफू महात्मा गान्धीलाई मार्ने नाथुराम गोड्से जस्तै ओलीलाई मार्न तयार रहेको हुने घोषणा गरेछन् । ‘मान्छे मार्छु’ भन्ने सर्वसाधरणका हकमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चल्छ । प्रदेशसभा सदस्यका हकमा फरक कानुन छ र ? आधिकारिक ठाउँमा अभिलेखमा रहेका यस्ता हिस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।
कस्तो मानसिकता ! कस्तो राजनीति ! कस्ता प्रतिनिधि !’

शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार