logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

निषेधाज्ञा लम्बियो : केही खुकुलो गर्ने निर्णय


  • राजनीति
  • आइतबार, जेष्ठ ३० २०७८

उपत्यकामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पुनः एक साता लम्बिएको छ । आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो ।

निरौलाका अनुसार अब उपत्यकामा खाद्यान्न तथा पुस्तक पसल ११ बजेसम्म खुल्ने छन् । अनलाइन डेलिभरी, हार्डवेयर पसल भने अपरान्ह ४ बजेपछि मात्र खुल्नेछन् । कृषि कार्य सञ्चालन गर्न दिइनेछ भने काठमाडौंमा रहेका विदेशी दूतावासबाट भिसा लिनैपर्ने अवस्थामा रहेका नागरिकलाई उक्त कार्यमा सहजीकरण गरिने बताइएको छ ।

महामारी र संक्रमणको दर घट्दो अवस्थामा देखिए पनि तत्काललाई सवारी साधन भने चल्न दिइएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार