logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सांसद वैद्यलाई पक्राउ गर्दै प्रहरी


  • राजनीति
  • आइतबार, जेष्ठ ३० २०७८

बागमती प्रदेशका नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएको छ । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका हुन् ।

आइतबार एमाले निकट युवा संघका जिल्ला समिति सदस्य अनिल काफ्लेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका हुन् । हत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको मकवानपुरका एसपी सोमेन्द्रसिंह सिंह राठौरले बताए ।

सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए । चौतर्फी आलोचनापछि सांसद वैद्यले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागिसकेका छन् । तर वैद्यलाई फौजदारी कसुरमा मुद्दा चलाई कारवाही गर्न मागसहित मुद्दा दर्ता भएको छ ।

शनिबार वैद्यले संविधान धारा १८७ को अधिनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रताको प्रयोग गरेकाले मुद्दा दर्ता हुन नसक्ने बताएका थिए । तर अभिव्यक्ति स्वतन्त्रताको धारालाई टेकेर नै फौजदारी कसुरमा मुद्दा गरिएको पाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार