logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नर्भिक अस्पतालबाट खनालले ईश्वरलाई भने ‘पार्टी मिलाउनुस् कमरेड’


  • राजनीति
  • बुधबार, असार २ २०७८

नेकपा (एमाले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। बुधबार भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड’ भनेर आग्रह गरेको पोखरेललाई उद्दृत गर्दै पत्रकार गणेश पाण्डेले जानकारी दिए। शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोखरेलले ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं!’ भनेका थिए।

खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले बुधबार दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिए। नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै खनाललाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताए। खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार