राजनीति
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले सत्ताले आफुहरुलाइ जति समय राखे पनि राजनिती क्रान्तिको गतिमा कुनै असर नपर्ने बताएकाछन ।
केहि दिन अगाडि प्रहरीले गिरफ्तार गरी प्रकाण्डलाइ अहिले महानगरीय परिसर टेकुको हिरासतमा राखेको छ । उनलाइ भेट्न गएको क्रान्तिकारी पत्रकारहरुको टोली सग कुरा गर्दै उक्क्त कुरा बताएका हुन ।
आफ्नो राजनीतिक जीवनको पहिलो हिरासत बसाइ भएको बताउँदै प्रकाण्डले आफू छिटै छुट्ने विश्वास व्यक्त गरेका छन । उनले भने “हामीले आजीवन जेलमा बस्नु पर्ने कुनै काम गरेका छैनौँ, सरकरले धेरै राखे केही हप्ता र केही महिनासम्म राख्न सक्छ ।” उनले क्रान्तिकारी जनता, पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई निरास नहुन र पार्टीका कार्यक्रममा सहभागी हुन निर्देशन समेत दिए ।