logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

प्रचण्ड किन चुपचाप छन् ?


  • राजनीति
  • बिहिबार, असार ३ २०७८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सक्रियता घटेको छ । युद्धबाट शान्तिमा मुलुकलाई डोर्याउन नेतृत्वदायी भूमिका खेलेका दाहाल २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा भाग लिएर संसदीय राजनीतिक प्रतिष्पर्धामा होमिएपछि संविधान जारी हुँदासम्म निर्णायक शक्तिमा रहे ।

संविधान जारी भएपछि र नेकपा एमालेसँग पार्टी एकता गर्नुअघिसम्म पनि दाहाल निर्णायक शक्तिमा नै थिए । तर, एमालेसँगको एकतापछि उनी छाँयाँमा परे । नेकपाको अध्यक्ष भएपनि उनी केपी शर्मा ओलीपछिको दोस्रो वरियताको अध्यक्षमा सिमित रहेको भनेर माओवादी पँक्तिले नै दाहालको आलोचना गरेका थिए । उनीहरुले ओलीसँग आत्मसमर्पण गरेको भन्दै दाहालसँग सुरुदेखि नै असन्तुष्टि पोखेका थिए । दाहाल आँफैले पनि सार्वजनिक कार्यक्रममा आफूले ओलीसँग नसकेको टिप्पणी गरेका थिए । दाहालले भनेका थिए,‘बैठकको अध्यक्षता गर्ने सवालमा पनि ओलीजीले तपाईँ भन्दा म उमेरले पनि पाको हुँ, दुई÷चार वटा भोटो बढि फटाएको छु भन्नुभयो, उहाँले त्यसो भनेपछि म फक्किहालें । ’

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहालले ओलीविरुद्ध संघर्ष नै छेडे । वरिष्ठ नेता माधव कुमार नेपालको साथ लिएर दाहालले सडक आन्दोलनसमेत गरे । सुरुमा दाहालले ओलीको संसद् विघटनविरुद्धको कदममा प्रमखु प्रतिपक्षी दलले पनि साथ दिने विश्वास लिएका थिए । तर, ओलीले गरेको पहिलो संसद् विघटनमा भने कांग्रेस मौन बस्यो । गठबन्धन बनाएर सडक संघर्षमा उत्रिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार