राजनीति
पूर्वमन्त्रीसमेत रहेका पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी र प्रभु साह शुक्रबार निर्वाचन आयोग पुगेका छन्। पूर्वमाओवादीका नेताहरू माओवादी केन्द्रले आफूहरूलाई गरेको कारबाहीको विवरण लिन आयोग पुगेका हुन्।
‘हामीलाई कारबाही गरेको के-के डकुमेन्ट यहाँ आएको छ ? केन्द्रीय कमिटीबाट हटाएको छ कि छैन भनेर हेर्न आउनुभएको रहेछ,’ आयोग स्रोतले भन्यो,’ तर, आयोगमा माओवादीले केन्द्रीय कमिटीबाट हटाएको विवरण अनुसूची अनुसार आएको छैन। कुन विधानबाट हटाएको रहेछ भन्ने प्रश्न पनि रहेछ। उहाँहरूले कारबाही गरेको विधान पनि लैजानुभयो।’
रायमाझी र शाह सांसद पदबाट कारबाही गरेको विरुद्ध अदालत जाने संकेत गरेको अर्का अधिकारीले जानकारी दिए। उनीहरूसहित नेताहरू लेखराज भट्ट, गौरीशंकर चौधरी कारबाहीमा परेपछि सांसद पद गुमेको थियो। ‘आयोगमा उनीहरूले प्रस्ट कुरा नगरेको र सांसदबाट कारबाही गरेको विषयमा अदालत जान खोजेको हुनसक्छ,’ स्रोतले भन्यो।