logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

संकटकालकाे संकेत राष्ट्रपति गृहमन्त्री सहित सुरक्षा प्रमुखबिच छलफल


  • राजनीति
  • शुक्रबार, असार ४ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारीले गृहमन्त्री खगराज अधिकारीसहित नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारसँग छलफल गरेको स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार उनीहरूबीच अपराह्न ४ः१० बजेदेखि साढे ५ बजेसम्म छलफल भएको हो ।

भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार