logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

दुई घन्टा के के सहमति भयाे समिट हाेटेलमा ?


  • राजनीति
  • शुक्रबार, असार ४ २०७८

सत्तारूढ दल नेकपा एमाले विवाद मिलाउन दोस्रो तहका नेता आज (शुक्रबार) पनि समिट होटल ललितपुरमा छलफल गरेका छन् । उनीहरूबीच आज करिब दुई घण्टाजति छलफल भएको एमाले स्थायी कमिटी सदस्य तथा ओलीपक्षीय नेता सुवास नेम्वाङले पुष्टि गरे । उनले वार्ता जारी राख्न र एकता बचाउनेगरी सहमति खोज्न दुवै पक्ष दृढ रहेको पनि जानकारी दिए ।

“हामी निरन्तरजसो छलफलका छौँ,” नेम्वाङले भने, “परिणाम निस्किइसकेको छैन । पार्टी एकता”

शुक्रबारको छलफलमा ओली पक्षका तर्फबाट सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए । झलनाथ खनाल र माधवकुमार नेपालको तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट रहेको बताइएको छ ।

नेता नेम्वाङले दुवै पक्षका तर्फबाट मिलन विन्दुको खोजी भइरहेको बताए ।

खनाल–नेपाल समूहले सहमतिका लागि ६ बुँदा अघि सारेको छ । गत जेठ २३ गते प्रधानमन्त्री ओलीले पनि एकताका लागि जेठ ३ मा फर्कन तयार रहेको बताउँदै सहमतिको प्रस्ताव अघि सारेका थिए ।

तर, त्यो अदालतमा विचाराधीन संसद् विघटनसम्बन्धी मुद्दालाई प्रभावित बनाउनेगरी प्रस्ताव आएको र जेठ २ मा फर्कने भए मात्रै समझदारी हुन सक्ने भन्दै खनाल–नेपाल पक्षले अस्वीकार गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार