logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

क्रान्तिकारीका नेता विकद्वारा स्‍वास्‍थ्‍य सामग्री सहयोग


  • राजनीति
  • आइतबार, असार ६ २०७८

नेत्र विक्रम चन्‍द विप्‍लव निकट अनेरास्‍ववियू (क्रान्‍तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज विरेन्‍द्र विकले कैलालीको मोहन्‍यालस्‍थित सुगरखाल स्‍वास्थ्‍य चौकी र मोहन्याल गतिशील युवा समाजलाई स्‍वास्‍थ्‍य सामग्री सहयोग गरेका छन् । शुक्रबार मोहन्‍याल-६ सोल्टामा सुगरखाल स्वास्थ्य चौकीलाई २ हजार थान मास्‍क र १० लिटर सेनिटाइजर वितरण गरेका हुन् ।

त्‍यस्‍तै मोहन्याल गतिशील युवा समाजलाई ६ सय थान मास्‍क हस्‍तान्‍तरण गरेको उनले बताए । उनकाअनुसार स्‍वास्‍थ्‍य चौकीका स्वास्थ्य चौकीका अध्यक्ष टीकाराम भण्‍डारी र इन्चार्ज जयनन्द जैशीले स्‍वास्‍थ्‍य सामग्री ग्रहण गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार