राजनीति
संचारकर्मी तथा कलाकार रुपा सुनारलाइ कोठा खोज्नेक्रममा जातिय विभेद गर्ने घरवेटीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
काठमाडौको बबरमहलस्थित कोठा खोज्न पुगेकी सुनारलाइ घरबेटीले भाडामा बस्न सहमती दिएकी र पछि थर थाह पाएपछि कोठा दिन अस्विकार गरी जातीय विभेद गरेका कारण उनलाइ गिरफ्तार गरेको हो ।
राजधानी काठमाडौं महानगरपालिका-११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधान विरुद्ध सुनारले उजुरी गरेकी थिइन ।
प्रहरीवृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन्। त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन्। रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन्।
रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।
प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।
त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ। ‘