logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जसपाले अर्थमन्त्री नपाए समर्थन फिर्ता लिने संकेत


  • राजनीति
  • आइतबार, असार ६ २०७८

संघिय संसदमा प्रतिक्ष रहेको नेपाली कांग्रेसले गण्डकी प्रदेशमा भने सत्तारुढ भएको छ । राजनीति खेलमा पृथ्वी सुब्बाको पराजय भएपछी अन्य दलको सहयोगमा काङ्ग्रेस सत्तारुढ बनेको हो । जसमा मन्त्रीहरुको बाडफाड मिलाउन भने त्यति सजिलो छैन । त्यसै अन्तर्गत जनता समाजवादी पार्टी (जसपा)लाई अर्थ मन्त्रालय नदिने भएको छ ।

कांग्रेसले अर्थ मन्त्रालय आफैं राख्न खोजेपछि गण्डकी प्रदेशमा सरकार बनाउँदाको गठबन्धनमा सहभागी जसपाले समर्थन फिर्ता लिने चेतावनी दिएको छ । २ सांसद भएको जसपासँग कांग्रेसले अर्थसहित २ मन्त्री दिने लिखित सहमति गरेपछि सदनमा विश्वासको मत पाएको थियो ।

जसपाले अडान नछाडेपछि गण्डकी सरकारको मन्त्रीपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँडको लागि बसेको बैठक निस्कर्षविहीन बनेको छ। जसपाले शुक्रबार विश्वासको मत लिएपछि कांग्रेसले सहमति तोडेको हो । माओवादी केन्द्रले पनि अर्थ मन्त्रालयमा दावी गर्दै आएको छ। तर, भौतिक पुर्वाधार भए पनि माओवादी चित्त बुझाउने पक्षमा रहेको छ। यता भौतिकमा स्वतन्त्र सांसद दीपक मनाङेको पनि दावी गरेका छन ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्न र भएका मन्त्रीलाइ जिम्मेवारी दिन नसकेपछि शेरबहादुर देउवा भेट्न काठमाडौँ हिडेका छन । उनले उपेन्द्र यदावलाइ सम्झाइदिन देउवालाइ अनुरोध गर्ने निकटकाहरूसँग बताएका छन । माओवादी भने जे पाए पनि लिने मनस्थितिमा रहेको पाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार