राजनीति
सत्तारुढ दल एमाले लगभग फुटको संघारमा पुगेको छ । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र सग एकता गरेर बहुमत ल्याएको तत्कालिन डवल नेकपा अदालतको निर्णय सगै पुरानै बिरासतमा फर्कुन बाध्य भएका थिए । त्यसपछी नेकपा एमालेमा केपी समूह भर्सेस माधव समुहको शक्ति संघर्ष अझ पेचिलो र तीखो बन्दै गएको देखिन्छ ।
केही हप्ता देखि एमालेका दोश्रो तहका नेता माधव र केपी मिलाउने भन्दै कस्सिएर लागेको देखिन्छ । यद्यपि यो त्यति फलदायी हुन सकेको छैन । केहीब दिन अघि माधव नेपालले केपी ओली पक्षसँग वार्तामा रहेका नेताहरूलाई आफू धेरै अघि बढिसकेको भन्दै ‘मलाई साथ दिने कि नदिने निर्णय गर्नुस्’ भनेका थिए । धेरै नेताले एकताको अन्तिमसम्म प्रयास गर्ने र निर्णायक बेलामा साथ नछाड्ने आश्वासन दिएको बताइएको थियो ।
वि’वादको प्रारम्भिक चरणमा माधव नेपालले निकटस्थहरूसँग भन्ने गरेका थिए कि योगेश र गोकर्णले धोका दिए घनश्याम र सुरेन्द्रले धोका दिँदैछन् ।
तर हाल आएर नेपालको घनश्यामबारे धारणा बदलिएको छ । निकट नेताले उनलाई उदृत गर्दै भने, ‘योगेश र गोकर्णले धोका दिए । सुरेन्द्र र भीम आचार्यले धोका दिन सक्छन् ।’
आफू निकट भनिएका भीम आचार्यले प्रदेश १ मा एमाले सरकारको नीति तथा कार्यक्रम पारित गर्न सघाएकोमा समेत माधव नेपाल असन्तुष्ट छन् । माधव पक्षका प्रदेशका नेताहरूले आचार्यको भूमिकाप्रति उतिबेलै प्रश्न उठाएका थिए ।
आचार्यले एमाले विभाजन हुँदा आफू विभाजनको पक्षमा नलाग्ने एक अन्तर्वार्तामा हालै बताएका छन् । यसबीचमा भीम रावलले माधव पक्षको नयाँ पार्टीको विधान तयार पारिरहेको र निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेर कलम चिन्ह लिने तयारी भइसकेको स्रोतको दाबी रहेको छ ।
अब कुनै चमत्कार भएन भने सर्वोच्च अदालतको फैसलाअघि नै एमाले मिलाउने प्रयास अब असफल हुँदैछ । माधव नेपाल अदालतको फैसलापछि विकसित हुने राजनीतिक घटनाक्रमका आधारमा एमाले मिलाउने वा विपक्षी गठबन्धनमै रहेर नयाँ दल गठन गर्ने भन्नेमा दृढ जस्तै देखिन्छन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका माधव नेपाल विपक्षी गठबन्धनको मुख्य नेता भएकाले देउवालाई प्रधानमन्त्री बनाउने कदमबाट पछि हट्न नसक्ने निश्चित छ । ढिलोमा मंगलबारसम्म माधव नेपालको माग बमोजिम जेठ २ मा एमालेलाई फर्काउने लगायतका विषयमा ओलीले पहल गर्ने र पार्टी पंक्तिलाई सम्बोधन पनि गर्ने सम्भावना बलियो रहेको दाबी छ ।
यधपी, वार्तामा सहभागी नेताहरूले भने एमाले एकताको सम्भावना देख्न छाडेका छन् । अब माधव नेपाल समूह सग्लै फुटेर अर्को दल बन्ने कि केही एमालेमै बस्ने भन्नेमात्र बाँकी देखिन्छ । ओलीले एकतर्फी रूपमा सबै कमिटीहरू २०७५ जेठ २ मा फर्केर क्रियाशील भएको घोषणा गरेमा नेपाल पक्षका तलदेखि माथिसम्मका नेता कार्यकर्तामा दबाब भने सिर्जना हुन सक्ने देखिन्छ ।
अब ओली र माधव नेपालसहितको एमालेको सम्भावना भने टर्दै गएको माधवपक्षीय एक नेताले बताए । सायद यही घटनाक्रम बुझेर होला एमाले नेता गोकुल बास्कोटाले सोमवार दिउँसो ट्वीट गर्दै पार्टी एकताको प्रयास असफल भएको संकेत गरे ।
केपी ओलीले थप चलखेल र जालझेल गर्न सक्ने भन्दै अदालतको फैसला अगाडि नै पार्टी बनाएर निर्वाचन आयोगमा दर्ता गर्ने मुड नेपाल समुहले बनाएको देखिन्छ ।