logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

टौदह देखि टेकु सम्म प्रकाण्डको प्रहर यस्तो थियो


  • राजनीति
  • सोमबार, साउन २८ २०७५

साउन २२ गते मगलबार बेलुका पखको समय नेकपाका प्रवक्ता प्रकाण्ड हेटौंडा बाट पार्टीको कार्यक्रम सकाएर राजधानी फर्किने यात्रामा थिए । प्राइभेट नम्बर प्लेटको गाडीमा एक जना सहयोगी र ड्राभर  सहित काठमाडौको चोभार नजिकै टौदह पुग्दै थिए शशस्त्र टोलीले उनको गाडी रोकेर ओराल्छ अनि ३ जनालाइ नै हातमा हत्कडी र आखामा पट्टी बाधेर गाडिमा बसाउछ्न । करिव दुई घन्टाको अज्ञात यात्रा पछि उनलाइ महानगरीय प्रहरी परिसर पुर्याइन्छ । रातभर मानसिक यातना र शारीरिक कष्ट दिइन्छ । अघिल्लो दिन बेलुका गिरफ्तार भएका उनलाइ भोलिपल्ट बिहान उनको डेरामा पुर्याउछन पुन टेकु लगेर अबेर मात्र सार्वजनिक गरिन्छ ।

टौदह बाट गिरफ्तार गरिएका नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड”अहिले महानगरीय परिसर टेकुको हिरासतमा  छैटौं दिन काटिसकेका छन । उनको गिरफ्तारी सगै नेपाली राजनीतिक बृतमा एउटा बहसको प्रारम्भ

गिरफ्तारीको सवत्र बिरोध

जनयुद्धका कुशल कमान्डर मानिने प्रकाण्ड नेकपाका दोस्रो शिर्ष नेता हुन । जनयुद्धमा दुई भाइ र एक बहिनी गुमाएका प्रकाण्ड कुशल संगठक र तार्किक नेता मानिन्छन । उनी शान्ति प्रक्रियामा दुई पटक मन्त्री समेत भैसकेक हुन ।

उनको गिरफ्तारीको सवत्र बिरोध भएको छ । कतिपय सत्तमा बसेकै मान्छेहरु बाट समेत यो सहन र मान्न सकिने खालको कार्य नभएको धारणा सार्वजनिक गरेका छन । कतिपय बिश्लेषकहरुले यो गृहमन्त्रीको शनक भएको समेत तर्क गरेकाछन

आफ्नो राजनीतिक जीवनको पहिलो हिरासत बसाइमा रहेका प्रकाण्डले आफू छिटै छुट्ने र जनताकै बिचमा रहने कुरा प्रष्ट राखेका छन । उनले क्रान्तिकारी जनता, पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई निरास नहुन र पार्टीका कार्यक्रममा सहभागी हुन निर्देशन समेत दिए । नेकपाले भोलि २९ गते नेपाल बन्दको आयोजना गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार