logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

मन्त्री कृष्णगोपालको पुत्ला दहन : अबिलम्ब कार्वाहीको माग


  • राजनीति
  • शुक्रबार, असार ११ २०७८

राजनीतिक रुपमा संकटमा रहेको सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै राजधानी काठमाडौंमा मसाल जुलुस सहित प्रदर्शन भएको छ।

सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेदका आधारमा आफ्नो घरमा कोठा नदिएपछि पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाएर सरकारी गाडीको दुरुपयोग गरी मन्त्री श्रेष्ठले विभेदलाई संरक्षण गरेको भन्दै सचेत बिद्यार्थीले मसाल जुलुस र नागरिक समाज पत्रकार माइतीघरमा प्रदर्शन गरेकाे हाे ।

आन्दोलित प्रदर्सनकारीले उनीहरुले जातीय विभेद जस्तो सामाजिक अपराधजन्य बिषयलाई राज्यले नै संरक्षण गर्न खोजेकाे भन्दै तिब्र आक्रोश व्यक्त गरेकाछन ।

कोठा दिने बिषयमा जातीय विभेद गरेर हिरासतमा पुगेर रिहा भएकी प्रधानलाई मन्त्रीले नै संरक्षण गर्नु समुदायमा सम्प्रदायिकता भड्काउन खोजेको प्रदर्शनमा सहभागीहरुले बताएकाछन्।

‘मन्त्रीले नै जातीय विभेदलाई संरक्षण गर्नु निक्कै गलत कुरा हो, समस्या समाधान गर्नुको साटो सरकारी पदको दुरुपयोग गरी विभेदलाई संरक्षण गर्ने मन्त्री कृष्णगोपाललाई तत्काल कारवाही गर्नुपर्छ।’ भन्दै प्रदर्शनकारीहरु थप आक्रोशित बनेकाछन ।

त्यस्तै, संघले हस्ताक्षर अभियान चलाएर सरकारलाई यस विषयमा ध्यानकार्ष गराएकाे छ।

‘यो निकै गम्भिर र संबेदनसिल विषय हो। यसले समाजलाई झन् भाड्न खोजेको छ। त्यसैले मन्त्रीलाई कारवाही गर्न सरकारलाई दवाव दिने र अनिवार्य राजीनामा दिनुपर्ने माग राखेकाछन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार