logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

कृष्णगोपालले अपराध गरे, जातको कुरा गर्नेलाई जेल कोच्नुपर्छ : पुर्व शिक्षामन्त्री ‘प्रश्रीत’


  • राजनीति
  • शुक्रबार, असार ११ २०७८

थरको आधारमा छुवाछुत गर्ने कसुरदारको पक्षमा स्तरहिन र नैतिकहिन काम गरेको भन्दै एमाले नेता एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ब्यापक आलोचना भएको छ । त्यति मात्र होइन पुर्व मन्त्री तथा नेता मोदनाथ प्रश्रीतले कृष्णगोपाललाइ तुरुन्तै गिरफ्तार गरेर जेल हालिनुपर्ने धारणा राखेकाछन ।

नेकपा एमालेकै पुर्व नेता तथा संस्कृतिविद् मोदनाथ प्रश्रितले भनेका छन्, ‘जातपात छुवाछुत प्रथाको त हामीले खारेज नै गरेको हो । जसले यस्तो कुरा गर्छ, त्यसलाई त जेलमै हालिदिनुपर्छ । मन्त्रीले सामाजिक अपराध गरेको व्यक्तिलाई संरक्षण गर्नु, त्यो पनि अर्को अपराध हो ।’

जातीय उत्पीडन गरेको आरोपमा सिंहदरबार प्रहरीबृत्तमा थुनामा रहेकी बबरमहलकी स्थानीय घरबेटी सरस्वती प्रधानलाई बुधबार आफ्नै गाडीमा चढाएर घर पुर्याएपछि मन्त्री श्रेष्ठ आलोचना र बिरोध भैरहेको छ ।

पुर्व शिक्षामन्त्री मोदनाथ प्रश्रित भनाइ हेर्नुस्

मन्त्रीले सामाजिक अपराध गरेको व्यक्तिलाई संरक्षण गर्नु त्यो पनि अर्को अपराध हो । आजको विश्वको मानव सभ्यता कहाँ पुगिसक्यो, जातपातको कुरा गर्नेहरु स्वाँठ पटमूर्खहरु हुन् ।

मैले ‘मानवताको कलंक जातपात र छुवाछुत प्रथा’भन्ने किताव नै लेखेको छु । सोही किताबलाई आधार मानेर विगतमा धेरै आन्दोलन पनि भए । दलित मुक्ति भन्ने संस्थाले त्यही कितावको आधारमा देशभरि अभियान चलायो । पशुपतिनाथको मन्दिरमा पनि सामुहिक रुपमा दलितलाई प्रवेश गराएर पूजापाठ गर्न लगाइयो । पहिला– पहिला हामीले दलितको घरमा जाने, सँगै खाने गर्दै छुवाछुत प्रथाविरुद्ध अभियान चलाएका थियौँ ।

मन्दिरको गजुर दलितले बनाउँछन् । मूर्तिकारहरु दलित छन् । उनीहरुले बनाएको कुराको उनीहरुले नै पूजा गर्न नपाउने भन्दै हामीले अभियान चलाएका थियौँ । जातपात छुवाछुत प्रथाको त हामीले खारेज नै गरेको हो । जसले यस्तो कुरा गर्छ, त्यसलाई त जेलमै हालिदिनुपर्छ । अहिलेको समयमा पनि जातको कुरा गरेर जथाभावी गर्नु त्यो गलत कुरा हो ।

जहाँ–जहाँ दलितलाई छुनु हुन्न, हाम्रो घरभित्र पस्न दिनुहुन्न भन्छ त्यही ठाउँमा गएर प्रवेश गर्नुपर्छ । यो गलत संस्कारका लागि मेट्न हामीले ठाउँ–ठाउँमा गाएर, लेखेर, आन्दोलन गर्यौ, यो अझै पनि गर्न बाँकी छ । फेरि पनि जागरणको अभियानहरु चलाइरहनुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार