logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बलात्कार, हत्या र जातिय विभेद जघन्य अपराध : नेतृ चन्द


  • राजनीति
  • शनिबार, असार १२ २०७८

विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले महिला तथा उत्पिडित समुदायमाथी भइरहेका अमानवीय घटनाले २१औ शताब्दीको मानव समुदायलाई नै लज्जित बनाएकाे बताएकाे छ ।

संगठनका अध्यक्ष बन्धु चन्दले आज एक प्रेस विज्ञप्ति जारी गर्दै समाजमा अपराधीक र अमानवीय हिंस्रक घटनाहरु घट्दै गइरहेकाे प्रति आफ्नाे संगठनले गंभिरतापुर्वक लिएकाे बताएकि छन् । अध्यक्ष चन्दले सुर्खेतमा राउटे समुदायका महिलामाथीकाे याैन हिंसा,सल्यानका खिमा खड्का बलात्कार हत्या, डडेलधुराका अस्मिता धामि बलात्कार हत्या,काठमाडौं मा सन्ताेषी सुब्बाको हत्याजस्ता जघन्य अपराधका घटना दिनहुँ घट्नु समाजकाे विद्यमान समाजकाे बिकृत मनाेस्थितिकाे कुरुप चित्र भएको भन्दै यस्तो अपराधीक घटना २१औं शताब्दीको चेतनशिल समाजले शून्य सहनशीलता अपनाउ अपिल गरेकि छन् ।

यता केही दिन अघि संञ्चारकर्मि रुपा सुनारमाथी जातिय विभेदकै कारण काेठा नदिएको घटनाप्रति आपत्ति जनाउदै चन्दले यस्ता मानव समाजलाइ नै कलंकित गर्ने घटनामा राज्य यदासिन देखिनु उल्टै पिडककाे पक्षमा मन्त्री खुलेआम लाग्नुले याे व्यवस्थामा उत्पिडित जाति क्षेत्र लिङ्गकाे अधिकार सुनिश्चित छैन भन्ने पुष्टि भएको दावी गरेकि छन् ।  साथै अध्यक्ष्य चन्दले पिडित महिलालाइ न्याय दिन दाेषिमाथी कडा कार्वाही सहित पिडित महिलालाई क्षतिपूर्ति दिन माग गरेकि छन् ।                                                                                                  हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार