राजनीति
Baburam Bhattarai (UCPN-M leader)
पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेत्र बिक्रम चन्द ‘विपलव’ नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई वर्तमान सरकारले पक्राउ गरेर गैरराजनीतिक व्यवहार देखाएको बताएका छन् ।
डाक्टर भट्टराईले ट्वीटरमा स्टाटस राख्दै केही दिन अघि पक्राउ परेका नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रक्राउ गरेको कुरलाइ केन्दृत गर्दै उक्त धारणा सार्वजनिक गरेकाहुन ।
, ‘नेकपा ‘बिप्लब समूह’ का नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई यसरी हतकडी लगाएर अराजनीतिक व्यवहार गर्नु आफुलाई कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो ? राजनीतिक मतभेदलाई सहन र सम्मान गर्ने संस्कार लोकतन्त्रको अहं पक्ष हो भन्ने कुरा पूर्व कमरेडहरूले कहिले बुझ्ने ?’
