राजनीति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडाैं जिल्ला इन्चार्ज माइला लामाले संकटको बेलामा जनताको साथमा नहुने दल,नेता र सरकारको कुनै अर्थ नहुने बताएकाछन । जनतालाइ दुख र सास्तीमा छोडेर ब्यक्तिगत नाफाको हिसावमा ब्यस्त हुनेलाई जनताले तिरस्कार गर्ने समेत ठोकुवा गरेकाछन ।
अर्को प्रसङ्गमा नेता लामाले सरकार र नेकपा बिच भएको ३ बुदे सहमति प्रति सरकार जिम्मेवार नभएको बताएका छन । राजधानीमा आयाेजित एक कार्यक्रममा बाेल्दै नेता लामाले नागरिकलाई संकट पर्दा नेकपा सधै साथमा रहेको बताएका छन् ।

नेकपाले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसंचार केन्द्रमा आयोजना गरेको रक्दान कार्यक्रममा बोल्दै नेता लामाले कोरोनाका कारण राष्ट्र र नागरिकलाई परेको समस्यामा पार्टी पनि सहभागी भएको बताए । उनले केन्द्रीय रक्तसंचार केन्द्रमै रगतमा अभाव हुँदै गएको भन्ने जानकारी पाएपछि रक्तदान आयोजना गरिएको बताए ।

“कोरोनाका कारण रगत अभावका कारण नागरिकको ज्यान गइरहेको खबर आएपछि पार्टीले पहलकदमी लिएको जनाएको छ । राष्ट्र र नागरिकलाई आएको संकटमा सहभागीमा हुन्छौं भनेर पार्टीका नेता, कार्यकर्ता, तथा युवायुवतीहरुको उत्साहजनक सहभागी हुनुभएको छ । कोरोनासँगको लडाइँमा रक्तदानले सहयोग हुनेछ” नेता लामाले भने ।

नेता लामाले आफ्नो पार्टी जनताप्रति उत्तरदायी भएको हुनाले रक्तदान आयोजना गरिएको बताए । उनले रक्तदानले नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास गरे । “कोभिड–१९ जो विपत्ति खडा गरेको छ, यो विपत्तिसँग लड्न रक्तदानले सहयोग गर्ने विश्वास लिएका छौं” लामाले भने ।

नेकपाका काठमाडौँ इन्चार्ज समेत रहेका लामाले अहिले नेपालका राजनीतिक पार्टी र सरकार जनताको स्वास्थ्यप्रति गम्भीर नभएको भन्दै आक्रोश समेत व्यक्त गरेकाछन । उनले संसदभित्र रहेका पार्टीहरुलाई जनताको स्वास्थ्यभन्दा सत्ताको लुछाचुडी गरिरहेको बताउँदै अहिलेको व्यवस्थाप्रति जनतामा निरासा र आक्रोश बढेको बताए । उनले आफ्नो पार्टीले वैज्ञानिक समाजवादमार्फ जनताका सबै खाले समस्या समाधान गर्न खोजेको बताए ।

नेता लामाले आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति सरकारले इमानदारपुर्वक कार्यान्वयन नगरेको समेत बताए । “सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे कार्यान्वयन नहुँदा हाम्रा धेरै नेता कार्यकर्ता जेलमै हुनुहुन्छ । तीन बुँदामा हाम्रो पार्टीले गरेको प्रतिवद्धता अनुसार हाम्रो पार्टी गइरहेकै छ । तर, सरकारले आफ्नो प्रतिवद्धता पूरा नगरेकोले आक्रोस बढेकाे बताएका छन् ।
नेकपा काठमाडौले आज आयोजना गरेको रक्तदानमा १३५ जनाले रक्तदान गरेका छन । रक्तदान लगतै कार्यक्रमलाई समापन गर्दै सहभागी रक्तदातालाइ हार्दिक अभार सहित धन्यवाद ज्ञापन गरेको छ । उक्त कार्यक्रममा नेकपाका काठमाडौ जिल्ला सेक्रेटरी राजेन्द्र महर्जन रेडक्रसका निर्देशको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन जिल्ला पार्टी सचिवालय सदस्य अबिरल ले गरेका थिए । 