राजनीति
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति तनहुँले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँद्दे माग सहित ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष पदम बिश्वकर्माको नेतृत्वको उक्त ज्ञापनपत्र बुझाएको क्रान्तिकारीले जनाएको छ ।
ज्ञापनपत्र :
‘हाम्रो महान तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापनाकालदेखि नै नेपालको समग्र शैक्षिक पुर्नसंरचना राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालहरुमा महत्पपूर्ण भूमिका निर्भाह गर्दै आइरहेको कुरा सर्वविधितै छ ।
कोरोना महामारीको दोस्रो लहर पुरै देशमा फैलिएको छ । धेरै संख्यामा संक्रमितहरु अक्सिजनको कमि, अस्पतालमा बेडको अभाव, आवश्यक औषधि तथा स्वास्थ सेवाको अभावमा मृ’त्युको शिकार भएका छन् । देशमा एक जटिल स्वास्थ संकट पैदा भएको मात्र छैन । नागरिकता संसोधन विधेयक ऐनले राष्ट्रिय सुरक्षामा समेत गम्भीर चुनौती खडा भएको छ । भ्रष्टाचार, कालोबजारी, महँगाई चरम सिमामा पुगेको छ । र यो अवस्था सिर्जना गर्नुमा वर्तमान केपी सरकार जिम्मेवार रहेको छ ।
यसै सन्दर्भमा हाम्रो संगठनको तर्फबाट सम्बन्धीत निकायहरूलाई यस संकटको घडिमा जिम्मेवार, जवाफदेही र कर्तव्यबोध गराउन निम्न मागहरुसहित यो ज्ञापनपत्र पेश गर्दछौं ।
यस सन्दर्भमा हाम्रो मागहरुबारे यथासिघ्र गम्भीर छलफल गरी पहलकदमी लिन अनुरोध गर्दछौं ।
१.वर्तमान सरकारको अ’पराधिक लापरबाही र कुशल व्यवस्थापनको कमिले जनता मृ’त्युको मुखमा धकलिएका छन् । यस्तो संकटको घडीलाई पनि नाफा कमाउने अवसर बनाई अनैतिक र अमानवीय तरिकाबाट तनहुँको निजि अस्पतालहरुले बिरामीहरुबाट दसौं लाख रकम अशुल गरिरहेको जनगुनासो आएको हुँदा त्यस्ता अस्पतालका मालिकहरुलाई कारबाही गरी संक्रमितहरुको निशुल्क उपचार गर्न जोडदार माग गर्दछ ।
२.तनहुँको सरकारी अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीको अभाव, स्वास्थ सामग्री तथा औषधिको अभाव हुँदा समेत मौन बस्ने सम्बन्धित प्रशासन नै भ्रष्टाचारमा डुबेको भन्ने व्यापक जनगुनासो आएकोले छानबिन गरी स्वास्थ समस्या हल गर्न र दोषीमाथी कारबाही गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ।
३.यो महामारीको समयमा कृत्रिम अभाव खडा गरी जनताको दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि गर्ने, कालोबजारी गर्ने व्यापारी र नाफाखोरहरुलाई तत्काल कारबाही गर्न माग गर्दछ ।
४.दैनिक ज्यालादारी गरेर पेट पाल्ने श्रमिकहरुको लागि राहत प्याकेज तत्काल घोषणा गरियोस् र सम्पूर्ण जनताको खाद्य सम्प्रभुताको सुनिश्चित गरियोस् ।
५.कोरोना महामारीको समय अबधिको सम्पुर्ण शुल्क तत्काल मिनाहा गर्न र संकटको घडीमा तनहुँको केही ठुला शिक्षण संस्थाहरुले सम्बन्धित प्रशासनलाई प्रभावमा पारी अभिभावक र विद्यार्थीहरुलाई दबाब दिई विभिन्न माध्यमबाट शुल्क अशुल गर्ने कार्य गरिरहेकाले त्यस्ता शैक्षिक संस्थाका मालिकहरुलाई तत्काल कारबाही गर्न जोडदार माग गर्दछ ।
६.कोठाभाडामा बसेका विद्यार्थीहरुलाइ सम्बोधन हुने गरि राहत प्याकेज घोषणा गरियोस् ।’