logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

संकटकाल लाग्ने सुचना पाएकाे छु : प्रचण्ड


  • राजनीति
  • सोमबार, असार १४ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संकटकाल लगाउनसक्ने आशंका व्यक्त गरेका छन् । उनले लोकतन्त्र र संविधानमाथि अझै खतरा रहेकाले ढुक्क हुनसक्ने अवस्था नभएको बताए ।

‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे अहिले गरेपनि हुने भएको छ,’ आज पेशागत संघ संगठनका प्रतिनिधिहरुसँग विपक्षी गठबन्धनले गरेको अन्र्तक्रियामा प्रचण्डले भने,‘संकटकालका विषयमा उहाँहरुको सहमति बनेको वा नबनेको होला। कुरा भइरहेको होला ।’

सकारात्मक संकेतहरु आएपनि ढुक्क हुने अवस्था नबनेको बताए । प्रचण्डले सकारात्मक संकेतहरु आइरहेको टिप्पणी समेत गरे ।

प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको आलोचना गरे । प्रधानमन्त्री ओली गणतन्त्रविरोधीहरुको प्यारो बनेको भन्दै राष्ट्रघातीमा दर्ज भएको टिप्पणी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार