logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

संकटकालबारे राष्ट्रपति, प्रधानमन्त्री र कानुनमन्त्रीबिच छलफल


  • राजनीति
  • बुधबार, असार १६ २०७८

राजनीतिक संकट गहिरिदै जादा प्रधानमन्त्री केपी शर्मा ओली र कानुनमन्त्री लिलानाथ श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । एकैदिन तर फरक फरक समयमा प्रधानमन्त्री र कानुनमन्त्रीले शितल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजेर १० मिनेटदेनि ११ बजेर २० मिनेटसम्म छलफल गरेको स्रोतले जनाएको छ ।

यस्तै, कानुनमन्त्री श्रेष्ठसँग दिउँसो ३ बजेदेखि सवा ४ बजेसम्म भेटवार्ता भएको थियो ।

भेटमा भएको छलफलबारे पनि खुलाइएको छैन । यद्यपि शितलनिवासमम भएका पछिल्ला छलफल अब अन्तिम अस्त्रकाे रुपमा प्रधानमन्त्री ओलीले संकटकाल लगायर अगाडि बढ्ला भन्ने आकालनहरुकाे पुष्टि आधार उक्त भेटलाइ लिन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार