logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

जेठ दुइमा फर्किदा ओलीकै बहुमत, काे कता हेर्नुस् [नामसहित]


  • राजनीति
  • बुधबार, असार १६ २०७८

सत्तारूढ दल नेकपा एमालेको संस्थापन पक्षले जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले ०७५ जेठ २ पूर्वको संरचनामा फर्कने निर्णय गरेको हो । आज (बुधबार) बालुवाटारमै बस्ने महाधिवेशन आयोजक समितिको बैठकले यसबारे ठोस निर्णय गर्ने नेताहरुले संकेत गरेका छन् । यससँगै महाधिवशेन आयोजक कमिटी निश्क्रिय हुने बताइएको छ ।

माओवादीसँग एकता हुनुअघिको अवस्थामा फर्कँदा पनि नेकपा एमालेको केन्द्रीय कमिटीमा ओली समूहकै बहुमत पुग्ने र माधव नेपाल पक्ष अल्पमतमा पर्ने देखिएको छ ।

माधव नेपाल पक्षका नेता युवराज ज्ञवाली भन्छन्, ‘तत्काल टाउको गन्दा केन्द्रीय कमिटीमा थोरै भए पनि उहाँ(ओली) कै बहुमत पुग्छ । तर, पछिल्लो समय ओलीजी धेरै बदनाम भइसक्नुभएको छ, विस्तारै उहाँसँग बहुमत नरहने हामीले देखेका छौं ।’

केपी ओलीको पक्षमा रहेका कतिपय केन्द्रीय नेताहरुले राजदूत र प्रदेश प्रमुख लगायतका नियुक्तिहरु पाएका कारण संख्या घटेको र बहुमत–अल्पमतको झिनो अन्तर मात्रै रहेको ज्ञवाली बताउँछन् ।

ज्ञवालीले ओली समूहका केन्द्रीय सदस्यहरुको संख्या घट्ने बताइरहँदा ०७५ सालयता माधव समूहमै रहेका केही नेताहरु ओली समूहतिर लागेको देखिन्छ, जस्तै– शेरबहादुर तामाङ, विष्णु रिजाल, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, लालबाबुप्रसाद यादव र लालबाबु पण्डितलगायतका नेताहरु माधव नेपाललाई छाडेर ओलीतिर लागेका छन् ।

तर, अब केपी ओलीले गरेको गल्तीका कारण विस्तारै उताको संख्या घट्न थाल्ने नेपाल पक्षका नेताहरुको दाबी छ । त्यसो त २०७५ जेठ दुई अगाडि फर्कंदा कति सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने भन्नेमा ओली पक्ष र माधव पक्षबीच सहमति जुट्नै बाँकी छ ।

माओवादीसँग एकता हुनुअघिसम्म नेकपा एमालेको केन्द्रीय कमिटी २०३ सदस्यीय मात्रै थियो । एकताको पूर्वसन्ध्यामा एमालेको केन्द्रीय कमिटीमा महेश बस्नेत, गोकुल बाँस्कोटा, खगराज अधिकारी लगायतका तीन दर्जन नेताहरु थपेर २४१ सदस्यीय बनाइएको थियो ।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, ‘जेठ २ मा फर्कँदा २०३ सदस्यीय कमिटीलाई मान्ने कि २४१ लाई भन्नेमा हामीबीच विवाद छ । पछि थपिएका सदस्यहरु हामीसँगको सहमतिमै मनोनित भएका हुन् । तर, उनीहरु एमालेका नभएर नेकपाका चाहिँ केन्द्रीय सदस्य हुन् ।

जेठ २ मा फर्केर केन्द्रीय कमिटीको बैठक आयोजना गर्दा कति जनाको बैठक बस्ला, यो विषय शुक्रबारअघि नै टुंगो लाग्नुपर्ने नेताहरु बताउँछन् । किनभने, शुक्रबार ओली पक्षले जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक डाकेको छ । यद्यपि त्यसमा माधव नेपाल पक्ष जाने, नजाने टुंगो लागिसकेको छैन । उपाध्यक्ष ज्ञवालीका अनुसार एकतर्फी रुपमा डाकिएको त्यो बैठकमा जाने नजाने आफ्नो समूहमा छलफल हुनै बाँकी छ ।

नेकपा एमालेका केन्द्रीय नेताहरु कुन समूहमा को को छन्, हेर्नुहोस् नामावली–

ओली समूह

केपी शर्मा ओली, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, रघुवीर महासेठ, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, लीलानाथ श्रेष्ठ, सुजिता शाक्य, अइन्द्रसुन्दर नेम्वाङ, ईश्वरबहादुर रिजाल, एकबहादुर राना मगर, कैलाशप्रसाद ढुङ्गेल, खगराज अधिकारी, गोकुलप्रसाद घर्ती, देवीलाल चौधरी, नारायणबहादुर सिलवाल, अच्युतप्रसाद मैनाली, ईश्वरीप्रसाद भटट्राई, एकराज विश्वकर्मा, किशोरकुमार अधिकारी, केदारनाथ न्यौपाने, कृष्णबहादुर राई, खिमलाल भट्टटाई, गुरुप्रसाद बराल, गोकुलप्रसाद बास्कोटा, गोरखबहादुर बोगटी, गौरीकुमारी ओली, गंगाप्रसाद यादव, जया घिमिरे, तिलबहादुर विश्वकर्मा, तैयव हुसेन मिया, दलबहादुर राना, दिनेशचन्द्र यादव, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, नरुलाल चौधरी, पदमा अर्याल, पुरनसिंह दयाल, आनन्दप्रसाद पोख्ररेल, उमादेवी कोइराला, कर्णबहादुर थापा, कमलादेवी महतो, काशीराम अधिकारी, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, खेमप्रसाद लोहनी, गोविन्दबहादुर नेपाली, गोमा देवकोटा, जगतबहादुर सुनार, जगदीशप्रसाद कुसियत, तिलबहादुर महत क्षत्री, थममाया थापा, देवेन्द्र दाहाल, धर्मनाथ शाह, नजीर मियाँ, नारदमुनि राना, निरादेवी जैरु, पार्वत गुरुङ, खगेन्द्र राई, खेममान खड्का, जुलीकुमारी महतो, दीपकप्रसाद देवकोटा, निरुदेवी पाल, भीमबहादुर कार्की, महादेव यादव, महेश बस्नेत, मोहमद हारुन हलुवाई, रामप्रित पासवान, रामेश्वर राना मगर, विक्रमबहादुर शाही, विनाकुमारी श्रेष्ठ, बैजनाथ चौधरी, भानुभक्त जोशी, भुपेन्द्रबहादुर थापा, मनकुमारी जीसी, मञ्जु कुमारी चौधरी, मानबहादुर जीसी, यामलाल कँडेल, रामकुमार शर्मा, रामरतीदेवी राम, विजय सुब्बा, सूर्यबहादुर थापा क्षत्री, शान्ता चौधरी, प्रेमबहादुर आले, बद्रीप्रसाद न्यौपाने, बिन्दा पाण्डे, विनोद श्रेष्ठ, विमला घिमिरे, भैरबसुन्दर श्रेष्ठ, माधव ढुङगेल, मायानाथ अधिकारी, मोहमद महफुज अन्सारी, युवराज खतिवडा, योगनारायण यादव, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवाली, रामेश्वर फुयाल, लक्ष्मीप्रसाद पोख्ररेल, लीला गिरी, सराज अहमद फारुकी, शेरधन राई, हरिनारायण महतो, हरिबहादुर राजबंशी, हिक्मतकुमार कार्की, हंशबहादुर शाही, सुशीला सिंखडा, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, शेरबहादुर तामाङ, विष्णु रिजाल, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, लालबाबु प्रसाद यादव, लालबाबु पण्डित ।

माधव समूह

माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आर्चाय, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भटराई, रघुजी पन्त, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहोरा, अरुणप्रसाद नेपाल, कमलजङग राई, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद शर्मा खनाल, गौरा प्रसाईं कोइराला, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, ठाकुरप्रसाद गैरे, तिलकुमार मेन्याङ्बो लिम्बु, देउमान सम्बाहाम्फे, चूडामणि जंगली, जीवनाथ घिमिरे, खगेन्द्र चुडाल, दिलकुमारी पन्त, नागेन्द्रप्रसाद चौधरी, निरजप्रसाद आर्चाय, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, टंकप्रसाद कार्की, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, केशवलाल श्रेष्ठ, गोविन्दविक्रम शाह, चन्द्रबहादुर शाही, जयन्तीदेवी राई, झपटबहादुर रावल, देवशंकर पौडेल, धर्मराज निरौला, नरेश खरेल, परशुराम मेघी गुरुङ, प्रकाश ज्वाला, प्रेमलकुमार खनाल, बलदेव चौधरी, बसन्तप्रसाद मानन्धर, मदनकुमारी साह गरिमा, महेश्वर पाठक, यज्ञराज सुनवार, रचना खड्का, रविन्द्र अधिकारी (नवलपरासी), लक्ष्मण पौडेल, विश्वनाथ प्याकुरेल, सुरेन्द्र मानन्धर, सोम मिश्र, प्रमेशकुमार हमाल, विरोध खतिवडा, महेश रेग्मी, मेटमणि चौधरी, रत्नेश्वर गोईत यादव, रविन्द्र बैठा धोवी, राजेन्द्रप्रसाद पाण्डे, रामचन्द्र यादव, रामकुमारी झाँक्री, लक्ष्मणराज ज्ञवाली, सरलाकुमारी यादव, प्रमोदनारायण यादव, बलवीरप्रसाद चौधरी, भागवत नेपाली, ममता गिरी, माधवप्रसाद अर्याल, यदुवंश झा, रविन कोइराला, राजबहादुर बुढा, राजेन्द्रकुमार राई, रामचन्द्र शाह तेली, लालबहादुर विक, सावित्राकुमारी भुसाल, शारदा सुवेदी, प्रतापलाल श्रेष्ठ, बलराम बास्कोटा, भाष्कर काफ्ले, राजन राई, रामकुमार ज्ञवाली, रामदयाल मण्डल, लालबहादुर थापा, विजयकुमार पौडेल, सरोजकुमार यादव, सीता गिरी ओली, सुधीर शाह, सोमप्रसाद पाण्डे, शत्रुध्न महतो, श्रीनाथ बराल, सुशीला नेपाल, शेरबहादुर केसी, श्रीमाया थकाली, हरिप्रसाद पराजुली, हरिबहादुर राई ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार