logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माधवले अर्काे पार्टी बनाउछन् : बामदेव


  • राजनीति
  • बुधबार, असार १६ २०७८

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ दल खोल्न छुट भएको बताएका छन् । उनले नेपालले कि पार्टी खोल्नुपर्ने कि एमालेमा फर्कनुपर्ने तर अनिर्णयमा बस्न नहुने बताएका हुन् ।

‘पार्टी निर्माण गर्न जो कसैलाई छुट छ,’ आज गौतमले एकता अभियानका नेता कार्यकर्तालाई भर्चुअल सम्बोधन गर्दै भने,‘माधव नेपालले कि पार्टी खोल्नुपर्छ कि एमालेमा फर्कनुपर्छ ।’ माधव नेपालसँग यसबारे आफूले कुरा गर्ने समेत बताए ।

माधव नेपाललाई एमाले बैठकमा जानुपर्छ भन्ने समेत बताए । तर, पार्टीमा असन्तुष्टलाई सम्झाउने र जटिलता फुकाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीको भएको बताए । उनले भने,‘जटिलता फुकाउने जिम्मेवारी ओलीकै हो तर सम्झाउने स्वभाव उहाँमा देखिएन ।’

एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँतिएपछि उत्साही बनेका गौतमले आफू निकटस्थसँग पार्टी बैठकमा कसरी प्रस्तुत हुनेबारे परामर्श गरिरहेका छन् । उनले ओली र नेपाल दुवैसँग कुराकानी गरेर आफ्नो धारणा अगाडि सार्ने बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार