logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माधवलाई बामदेवकाे फाेन ‘वैठकमा जाउ’


  • राजनीति
  • बिहिबार, असार १७ २०७८

सत्तारूढ दल नेकपा एमालेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सहभागिता नजनाउने भएका छन् । उनले बैठकमा नजाने निर्णय लिएपछि उपाध्यक्ष बामदेव गौतम मनाउन लागिपरेका छन् ।

गौतमले नेपालसँग सम्पर्क गरेर यसबारे कुराकानी गरेको बुझिएको छ । उनले पार्टी बैठकमा जानुपर्छ भनेका छन् ।

दिउँसो देखि नै गौतमले नेपालसँग सम्पर्क गर्न खोज्दा सफल भएनन् । उनले साँझ सम्पर्क गरी कुराकानी गरेको बुझिएको छ ।

माधव नेपालले भने आजको बैठकलाई अवैध भन्दै यसले गरेको निर्णय नमान्ने निकटस्थसँग बताइसकेका छन् । उनले आफू पक्षीय बैठक भोलि डाकेका छन् ।

तटस्थ बस्दै आएका गौतम भने पार्टी बैठकमा सहभागी हुने भएका छन् । उनले निकटस्थसँग छलफल गरी बैठकमा सहभागी हुने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार