logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पुर्व महान्यायाधिवक्ता प्रश्न अदालतकाे परमादेश राष्ट्रपतिले मान्नु भएन भने ?


  • राजनीति
  • बिहिबार, असार १७ २०७८

पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने आदेश दिन नसक्ने दावी गरेका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा बिहीबार संवैधानिक इजलासमा बहस गर्दै उनले राष्ट्रपतिले गरिसकेको निर्णयमा परमादेश जारी गर्न नमिल्ने दावी गरे ।

‘टेक्निकल्ली राष्ट्रपतिको निर्णयमा परमादेश जारी हुन सक्दैन । राष्ट्रपतिले गर्ने काम अदालतले गर्न सक्दैन’ उनले भने ।

खरेलले अदालतले प्रधानमन्त्री नियुक्त गर्ने परमादेश दिए राष्ट्रपतिले कार्यान्वयन नगरेमा समस्या हुने पनि बताए । ‘अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन । दुर्भाग्य यदि परमादेश जारी भयो भने राष्ट्रपतिले कार्यान्वयन गर्नुभएन भने …’ उनले भने ।

प्रधानन्यायाधीश जबराले ‘अदालतले परमादेश जारी गर्‍यो र राष्ट्रपतिले मान्दिन भन्नुभो भने के हुन्छ भन्न खोज्नु भएको हो ?’ भनी प्रश्न गरे ।

तर खरेलले यो प्रश्नको जवाफ दिएनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार