logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

काठमाडौमा मसाल जूलूस नेपाल पक्षीय बिद्यार्थी नेतृ घाइते


  • राजनीति
  • शनिबार, असार १९ २०७८

सत्तामा नरहेका पाँच दलीय विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन्। काठमाडौको मीन भवन, नयाँ बानेश्वर क्षेत्रमा उनीहरुले प्रदर्शन गरेका हुन्।

विद्यार्थीको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडपसमेत भएको थियो। मसाल जुलुससहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि केहीबेर अवस्था बिग्रीएको थियो ।

प्रदर्सनको क्रममा प्रहरीसँगको झडपमा नेकपा एमाले माधव नेपाल पक्षीय अनेरास्ववियुका सचिव आरती लामा घाइते भएकी छन्।

सत्तारुढदलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनहरुले निरन्तर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार