logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रुपालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले दिए यस्तो चेतावनी


  • राजनीति
  • सोमबार, असार २१ २०७८

रूपा सुनार प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको बचाउ गर्दै पीडित पक्षलाई नै गलत देखाउने प्रयास गरेका छन्।

शुक्रबार सरकारी पत्रिका गोरखापत्रमा ‘छिर्केमिर्के टिप्पणीमाथि तथ्ययुक्त स्पष्टता’ लेख लेख्दै प्रेस सल्लाहकार थापाले जातीय भेदभाव तथा छुवाछुत कसुर मुद्दामा पक्राउ परेकी घरबेटीलाई थुनामुक्त गराई आफू चढेकै झन्डावाल गाडीमा राखेर घर पुर्‍याइदिने शिक्षामन्त्री श्रेष्ठको गल्तीलाई सामान्यीकरण मात्र गर्न खाजेका छैनन्, पीडित रूपा सुनारलाई नै मिडिया ‘स्टन्ट’ गरेको आरोप लगाउँदै उनका पक्षमा लेख्ने पत्रकार र लेखकको उछितो काढेका हुन्।

छुवाछुतको पक्ष लिएको भन्दै शिक्षामन्त्री श्रेष्ठको चौतर्फी आलोचना भइरहेको छ। यस क्रममा सरकारले नै जातीय विभेदको संरक्षण गरेको भन्दै प्रधानमन्त्री ओलीको समेत विरोध भइरहेको छ।

प्रधानमन्त्री एवं सरकारविरुद्ध विभिन्न पत्रकार एवं लेखकले टिप्पणी गरिरहेका छन् भने ठाउँठाउँमा आन्दोलनसमेत भइरहेका छन्।

हुन त यसबीच शिक्षामन्त्री श्रेष्ठले प्रधानमन्त्री ओली तथा राष्ट्रिय मानव अधिकार आयोगसमक्ष आफूबाट गल्ती भएको र आइन्दा त्यस्तो कार्य नगर्ने प्रतिबद्धता जनाएका खबर सार्वजनिक भइसकेका छन्। तर पनि शिक्षामन्त्रीविरुद्ध आलोचना र आन्दोलन रोकिएका छैनन्।

यति मात्र होइन, प्रेस सल्लाहकार थापाले सञ्चारकर्मी रूपा सुनारलाई पनि गलत देखाउने प्रयाससमेत गरेका छन्। ‘व्यक्तिगत डेराभाडा’ विषयमा सुनारले अनावश्यक रूपमा जाहेरी दिने तथा मिडिया ‘स्टन्ट’ गर्ने गरेर गलत उद्देश्य राखेको आरोपसमेत उनले लगाएका छन्।

शुक्रबारको गोरखापत्रमा उनले लेखेका छन्, ‘…फेरि सुरुमा यो व्यक्तिगत रूपमा डेरा भाडामा लिने–दिने विषय मात्रै थियो। घरवालाले सरोकारै नराखेको अवस्थामा ‘म कामीको छोरी…’ भनेर विषयान्तर गरिनु, जाहेरी दिनु र पछि तमाम कार्य तथा मिडिया ‘स्टन्ट’ गरिनुका उद्देश्य र अभिप्राय त आआफ्नै होलान् !

सबैजना त्यतातिर नै लाग्न जरुरी छैन र यो ‘नेवार’ वा ‘दलित’ समुदायलक्षित विषय हो जस्तो गर्नुपर्ने पनि केही कारण छैन। त्यसरी राजनीतिकरण गर्ने वा स्थिति भड्काउने कोसिस गर्न पनि जरुरी छैन।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार