logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

नेकपाका ढेड सय नेताकार्यकर्ता थुनामै : केन्द्रिय नेता को को छन ?


  • राजनीति
  • सोमबार, असार २१ २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै नेकपाका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका क्रममा भएका सहमतिअनुसार आफ्ना नेताकार्यकर्तालाई नछाडेको भन्दै आपत्ति जनाएका थिए ।

सरकार नेकपा बिच चार महिना अघि अर्थात् २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो । सो सहमतिमा नेकपाले शान्तिपूर्ण राजनीतिको मार्गमा आउने प्रतिबद्धता जनाएको थियो भने सरकारले विप्लव नेतृत्वको दलमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने र जेलमा रहेका नेताकार्यकर्ता छाड्ने भनेको थियो ।

तर, सहमतिको चार महिना बित्दा पनि आफ्ना नेता कार्यकर्तालाई सरकारले थुनामुक्त नगरेको र कतिपयको मुद्दा नै चलिरहेको भन्दै नेकपाले सहमति कार्यान्वयन गर्दै थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई छाड्न सरकारसँग आग्रह गरेको हो ।
हाल नेकपाका केन्द्रीय नेताहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’,भरत बम ‘रणवीर’ चुडामणी ओली ‘आदर्श’ पुर्वबाट केन्द्रिय नेता सुमन लिम्बु थुनामा नै छन् । उनीहरूसहित १ सय ४२ बढी नेता कार्यकर्ता थुनामा छन् ।

नेकपाले प्रधानमन्त्रीलाई सहमति कार्यान्वयन गर्न १० दिनको समय दिँदै ध्यानाकर्षण गराइएको जानकारी दिए ।

‘सहमति कार्यान्वयनमा सरकारबाट चासो देखाइएन, हामीले सरकारलाई सहमतिको पालनामा प्रतिबद्ध रहन आग्रह गर्दै १० दिनको समय दिएका छौं,’ नेकपाका नेता प्रवक्ताले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार