राजनीति
नेपाल सरकारले नेपाल प्रहरीलाई नेपाली सेनाको अत्याधुनिक हतियार उपलब्ध गराएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच नेपाल सरकारको निर्देशनमा नेपाली सेनाले प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको हो ।
नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो हतियार नेपाल प्रहरीको तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षामा उपयोगी हुने सेनाले विश्वास लिएको छ । यसबारे मन्त्रिपरिषद्को गत जेष्ठ १७ गते बसेको बैठकले नेपाली सेनाले कुनै पनि मूल्य नलिइ विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरि १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ वटा उपलव्ध गराउने निर्णय गरेको थियो ।
उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने सेनाले जनाएको छ ।
सरकारले किन र कुन प्रयोजनका लागि उक्त हतियार उपलब्ध गराएको भनेर जानकारी गराइएको छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले दोश्रो पटक संसद विघटन गरेपछि सरकारलाई अदालतले धक्का दिइरहेको छ । प्रतिनिधिसभा विघटन बारेको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन छ ।
अदालतलाई धम्की दिनका लागि प्रहरीलाई हतियार दिएको यस क्षेत्रका जानकारहरुको भनाई छ । सर्वोच्च अदालतले पुनः संसद विघटन बदर गरेको खण्डमा देशमा संकटकाल लगाउने तयारी स्वरुप हतियार हस्तान्तरण गरिएका जानकारहरु बताउँछन् । नेपाली सेना फिल्डमा नआएको खण्डमा प्रहरीबाटै आन्दोलन दवाउन सकिने सरकार पक्षको बुझाइ छ ।