राजनीति
नेपाल कम्युनिस्ट पार्टी दोलखामा जनसंगठन तथा जनसेवा अभियान उद्घाटन गरेकाे छ । दोलखाले असार २० गते कालिन्चोक- १, बेगुम्पामा सयौं जनसभागितामा जनसंगठन तथा जनसेवा अभियानको उद्घाटन गरेको हाे ।
उक्त अभियानको उद्घाटन गर्दै पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कमरेड प्रवीणले यो अभियानले जनताको आफ्नो संगठनले मात्रै जनताको सेवा गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीवीका मुद्दा जोड्दार उठाउदा दलाल सत्ताले पार्टी र जनतालाई प्रतिबन्ध लगायो । आज सरकार र पार्टीबीच भएको तीन बुदे सहमति कार्यान्वयन गर्ने सवालमा सरकार उदासीन रहेको, दलाल संसदीय ब्यवस्था र संसदवादी पार्टीहरू असफल तथा अक्षम भएको, अब जनमतसंग्रहमार्फत ब्यक्ति र पार्टी होइन व्यवस्था चुन्ने, वैज्ञानिक समाजवाद स्थापना हुने र त्यसले मात्र जनताका गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, संचार , यातायात आदिको ग्यारेन्टी गर्ने बताएका छन।
जिल्ला पार्टी सचिव कमरेड आकाशले जिल्ला पार्टीको समग्र योजनाको ब्याख्या गरेका थिए । निवर्तमान इन्चार्ज तथा विशेष कमिटीका यादव दाहाल र मजदुर ताम्सालिङ संयोजक कमरेड जीत थामीले अभियान सफलताको शुभकामना दिए । कार्यक्रम पदम थामीको अध्यक्षता र राजकुमार लामिछानेले संचालन गरेका थिए । 